कीवर्डहरू -

ब्रदरमार्टको एक्सचेञ्ज मेला, पुरानासँग नयाँ स्मार्टवाच साट्न सकिने

ब्रदरमार्टको एक्सचेञ्ज मेला, पुरानासँग नयाँ स्मार्टवाच साट्न सकिने

ई-कमर्स प्लेटफर्म ब्रदरमार्टले ब्रदरमार्ट स्मार्टवाच एक्सचेन्ज मेलाको घोषणा गरेको छ । मेला असोज १७ गते ब्रदरमार्ट पिकअप प्वाइन्ट, बत्तीसपुतलीमा हुने जनाइएको छ ।

नेपालमा स्मार्टवाचहरूको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य राखेर गर्न लागिएको मेलामा सहभागीहरूले पुराना स्मार्टवाचहरू नयाँ मोडेलहरूसँग साट्न सक्नेछन् । साथै नयाँ खरिदमा पनि विशेष छुटहरू र रोमाञ्चक खेलहरूमा भाग लिई उपहार जित्ने अवसर प्रदान गरिने आयोजककाे भनाइ छ । 

ब्रदरमार्टका संस्थापक र प्रमुख कार्यकारी अधिकृत अशेष प्रसाईले यो कार्यक्रम नेपालमा पहिलो पटक आयोजना हुन लागेको बताए । नेपालमा १० लाखभन्दा बढी स्मार्टवाचहरू पहिले नै बिक्री भइसकेको बताउँदै स्मार्टवाचको बजार द्रुत रूपमा विस्तार भइरहेको र यस्तो कार्यक्रमको यो सही समय भएको जानकारी दिए । 

१० हजारभन्दा बढी आगन्तुकहरू र ५ लाखभन्दा धेरै डिजिटल पहुँच हुने मेलामा धेरै लोकप्रिय स्मार्टवाच ब्रान्डहरूको सहभागिता रहने उनको भनाइ छ । सहभागीहरूले विभिन्न ब्राण्डहरुमा विशेष अफरहरू, उपहारहरू र अन्तरक्रियात्मक गतिविधिहरूको मज्जा लिन सक्नेछन् । जसले गर्दा प्रविधिप्रेमीहरूका लागि आफ्ना स्मार्टवाचहरु अपडेट गर्ने र स्मार्टवाच उद्योगका नयाँ प्रयोगहरु अवलोकन गर्ने अवसर हुने प्रसाईले बताए ।