काठमाडौं । ओपनएआईले च्याटजिपिटीलाई अब माइक्रोसफ्ट पावरपोइन्टसँग जोडेको छ । अब प्रयोगकर्ताले सामान्य भाषामा निर्देशन दिएर एआईमार्फत नयाँ प्रस्तुति (प्रेजेन्टेसन) स्लाइड बनाउन, पुराना स्लाइड सम्पादन गर्न तथा अद्यावधिक गर्न सक्नेछन् ।
च्याटजिपिटीले जिमेल, आउटलुक र सेयरपोइन्टजस्ता सेवाबाट सामाग्री लिएर पनि प्रस्तुति तयार गर्न सहयोग गर्नेछ । यो पावरपोइन्ट सुविधा हाल बिटा चरणमा रहेपनि अधिकांश ओपनएआई प्रयोगकर्ता, नि:शुल्क प्रयोगकर्ता तथा च्याटजिपिटी बिजनेस सदस्यहरूका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ ।
यसअघि, एन्थ्रोपिकको क्लाउड च्याटबोटले सेप्टेम्बरदेखि यस्तै सुविधा उपलब्ध गराउँदै आएको थियो भने गुगलको जेमिनी पनि गुगल स्लाइडसँग जोडिएको छ ।
ओपनएआईले प्रतिस्पर्धी कम्पनीहरूको सुविधासँग मेल खाने सेवा विस्तार गरिरहेको मानिएको छ । यसअघि च्याटजिपिटीलाई माइक्रोसफ्ट एक्सेल र गुगल सिटजस्ता अन्य अफिस उपकरणमा पनि प्रयोग गर्न मिल्ने बनाइएको थियो ।
आईसीटी समाचार