कीवर्डहरू -

क्लासिक टेकको रिचार्जमा वर्षाद अफर, ५ रूपैयाँमा वाईफाई सिक्स राउटरसँगै ५ महिना बोनस र छुट

क्लासिक टेकको रिचार्जमा वर्षाद अफर, ५ रूपैयाँमा वाईफाई सिक्स राउटरसँगै ५ महिना बोनस र छुट

देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा वर्षाद अफर सार्वजनिक गरेको  छ ।

यस अफरमा अब ग्राहक वर्गहरुले इन्टरनेट टिभीको वार्षिक रिचार्ज गर्दा ५ महिनासम्म बोनस, ५० प्रतिशतसम्म छुट र वाईफाई सिक्स भएको डुअल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र ५ रूपैयाँमा नै पाउने छन् । 

उक्त अफर असार २० गतेसम्म मात्र मान्य हुनेछ । ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्चमा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ । 

साथै वाल्लेट पार्टनर सेलपेमार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सी सी को बुलेट बाइक जित्न सक्ने छन् । साथै हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्ने छन् । यसै गरि नयाँ ग्राहक हरुका लागि २०० एमबिपीएस हाइ स्पीड इन्टरनेट जडान ६१९ रूपैयाँमा आइपी टिभी र वाईफाई सिक्स भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ। 

थप जानकारीको लागि सम्पर्क न. ९८०२९ २२ ३०४ मा कल गर्न सक्नुहुने छ । अथवा कम्पनीको वेबसाइट www.classic.com.np लगइन गरि जानकारी प्राप्त गर्न सक्नुहुने छ ।