कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणलाई ३ अर्ब रूपैयाँ उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

दूरसञ्चार प्राधिकरणलाई ३ अर्ब रूपैयाँ उपलब्ध गराउने मन्त्रीपरिषद्को निर्णय

नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब रूपैयाँ उपलब्ध हुने भएको छ ।

कात्तिक २ गते बसेको मन्त्रीपरिष्द् बैठकले प्राधिकरणलाई प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले दूरसञ्चार ऐन २०५३ को दफा ४५ को उपदफा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि प्राधिकरणलाई कार्य सञ्चालन गर्नका लागि ३ अर्ब रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । 

ऐनमा कार्य संचालन गर्नको लागि प्रत्येक वर्ष प्राधिकरणलाई दफा ४४ को उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिम प्राप्त भएको रकम नपुग भएमा नपुग जति रकम प्राधिकरणले नेपाल सरकारसँग माग गर्न सक्नेछ र त्यसरी नेपाल सरकारले उपलब्ध गराएको रकम बढी भएमा बढी भएजति रकम प्राधिकरणले नेपाल सरकारलाई बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।