कीवर्डहरू -

प्रोटोनले सार्वजनिक गर्‍यो आफ्नो भर्सनको गूगल डक्स

प्रोटोनले सार्वजनिक गर्‍यो आफ्नो भर्सनको गूगल डक्स

प्रोटोनले आफ्नो भर्सनको गूगल डक्स सार्वजनिक गरेको छ । यो सेवा प्रोटोनको ड्राइभ क्लाउड स्टोरेजसँग उपलब्ध हुनेछ । 

प्रोटोनका अन्य सेवा जस्तै गूगल डक्स पनि इन्ड टु इन्ड इन्क्रिप्सनसहित आउने छ । लोकप्रिय प्रडक्टले गोपनीयतालाई बेवास्ता गरिरहेको समय प्रोटोनको डक सुविधा युनिक हुने कम्पनीको दाबी छ । 

आफ्नो भर्सनको गूगल डक्स स्वास्थ्य सेवा, मिडिया, फाइनान्स र लिगल उद्योगमा प्रयोग गर्न समेत प्रोटोनले सुझाव दिएको छ ।

प्रोटोन डक्समा उन्नत फर्म्याटिङ एण्ड इमेज इम्बेड सुविधा रहेको छ । गूगल डकमा जस्तै यसमा पनि विभिन्न फर्म्याट डकुमेन्टहरू सिर्जना गर्न, एडिट गर्न र ओपन गर्न सकिन्छ । यसमा प्रयोगकर्ताले कसैलाई पनि डकुमेन्ट एडिट र भ्यू गर्नका लागि आमन्त्रण गर्न सक्ने छन् । तर यसका लागि प्रोटोन अकाउन्ट भने बनाउनु पर्नेछ ।

प्रोटोन सन् २०१४ मा गोपनीयता र डिजिटल स्वतन्त्रलाई जोड दिन स्वीजरल्याण्डमा स्थापना भएको कम्पनी हो । आणविक अनुसन्धानको लागि यूरोपेली संगठनमा काम गर्ने वैज्ञानीकहरूले यसको सुरू गरेका थिए । 

प्रोटोनले मेल, क्यालेन्डर, ड्राइभ, भीपीएन, पासवर्ड म्यानेजर लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ ।