कीवर्डहरू -

नक्कली फेसबुक आइडी बनाउँदै ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली फेसबुक आइडी बनाउँदै ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने धादिङका २७ वर्षीय नारायणदत्त खकुराललाई पक्राउ गरेको हो । 

उनले सामाजिक संञ्जाल फेसबुकमा वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको पहिचान गरी प्रोफाईल भिजिट गर्नुको साथै उनीहरुको आफन्तहरुको समेत विवरण राखी नक्कली फेसबुक आईडी बनाउने गरेका थिए । 

अनि उक्त आईडिबाट आफन्तहरुसँग म्यासेन्जरमा टेक्स्ट गरी आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफुलाई रकमको आवश्यकता परेकोले मेरो साथीको क्युआरमा रकम पठाउनु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने गरेका थिए ।

त्यसपछि उपत्यकाको विभिन्न पसलहरुमा गई आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाईदिदै छ, मेरो कुनै पनी बैंक खाता छैन, हजुरको खातामा पैसा आउँछ, सो पैसा राखी मलाई नगद रकम दिनु भनी उक्त पसलहरुको क्युआर कोड पठाई उक्त क्युआरमा रकम हाल्न लगाई पसलहरुबाट नगदै रकम लिने गरेका थिए । 

सो ठगी कार्यमा संलग्न धादिङ घर भई काठमाण्डौ बस्ने बर्ष २७ को नारायण दत्त खकुराललाई फागुन २० गते तार्केश्वरको लोलाङ हाईटबाट पक्राउ गरेको छ । साथै उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौमा पठाइएको छ । 

उनको साथबाट प्रहरीले ओप्पो कम्पनीको निलो रङको मोवाईल १ थान र बा.५८ प २७७५ नम्वरको १५० सिसि भएको कालो रङको पल्सर मोटरसाईकल १ थान बरामद समेत गरेको छ ।