कीवर्डहरू -

स्टार्टअपहरूलाई वार्षिक सब्सक्रिप्सन निःशुल्क दिदै टिग

स्टार्टअपहरूलाई वार्षिक सब्सक्रिप्सन निःशुल्क दिदै टिग

अकाउन्टिङ सफ्टवेयर टिगले स्टार्टअपहरूलाई निःशुल्क सब्सक्रिप्सन उपलब्ध गराउने भएको छ । भर्खरै स्टार्टअप सुरू गरेका उद्यमीहरूलाई लक्षित गर्दै टिगले वार्षिक सब्सक्रिप्सन निःशुल्क दिने सुविधा ल्याएको हो । 

स्टार्टअपहरूको अनेक चुनौतीकाबीच उद्यमशीलताको यात्रामा केही सघाउने उद्देश्यले निःशुल्क सब्सक्रिप्सन दिन लागेको कम्पनीले जनाएको छ ।

१ वर्षदेखि सञ्चालनमा रहेका स्टार्टअपलाई निःशुल्क सब्सक्रिप्सन उपलब्ध हुनेछ । निःशुल्क सब्सक्रिप्सन दिने स्टार्टअपहरूको छनौट आवश्यकता र इम्प्याक्टको आधारमा गरिने छ । यस बाहेक १

वर्षभन्दा बढी समयम देखि सञ्चालनमा रहेका स्टार्टअपलाई समेत विशेष छुटमा टिग उपलब्ध गराइने कम्पनीको भनाइ छ । 

यदी तपाईले पनि भर्खरै आफ्नो स्टार्टअप सुरू गर्नुभएको छ भने यहाँ क्लिक गरी आफ्नो विवरण भरेर निःशुल्क सब्सक्रिप्सनका लागि टिगले सम्पर्क गर्नेछ । 
 

यो पनि पढ्नुहोस