कीवर्डहरू -

नास आईटीको दिगो साझेदार बन्यो ग्लोबल आईएमई बैंक

नास आईटीको दिगो साझेदार बन्यो ग्लोबल आईएमई बैंक

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले दिगो साझेदारको रूपमा ग्लोबल आईएमई बैंकसँग सहकार्य गरेको छ । 

असार २० गते आयोजना भएको एक कार्यक्रममा नास आईटी र ग्लोबल आईएमई बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

यो सहकार्य नास आईटीको उद्योगबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचारमार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण कदम भएको बताइएको छ ।  

यस साझेदारीमार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रडक्टहरू र सफ्टवेयरहरूमाथि पहुँच प्राप्त गर्नेछ । 

यससँगै ग्लोबल आईएमई बैंकले पनि डिजिटल बैंकिङ सम्बन्धि आवश्यक सल्लाह नास आईटीबाट पाउने छ । नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्ने जनाइएको छ ।  

ग्लोबल आईएमई बैंक नास आईटीको नवस्थापित दीगो कोषलाई सहयोग गर्ने पहिलो दीगो साझेदार बनेको छ । नास आईटीले प्रमुख साझेदारहरूसँग साझेदारी गर्न, नवाचार र अनुसन्धानलाई प्रवर्द्धन गर्न, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन गर्न, शिक्षा र सीप विकासलाई प्रवर्द्धन गर्न, सामुदायिक संलग्नता तथा सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्न दीगो कोष सुरू गरेको छ ।