कीवर्डहरू -

नेपाललाई आईटी हबको रूपमा विकास गर्ने घोषणा, १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य

नेपाललाई आईटी हबको रूपमा विकास गर्ने घोषणा, १० वर्षमा ३० खर्बको निर्यात गर्ने लक्ष्य

सरकारले नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्ने घोषणा गरेको छ । 

संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । 

आगामी १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने र ५ लाख प्रत्यक्ष तथा १० लाख अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने गरी आगामी आर्थिक वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान विन्दुको रूपमा अगाडि बढाइने पुनले जानकारी दिए । 

सूचना प्रविधिलाई अर्थतन्त्रको संवाहक क्षेत्रको रूपमा अगाडि बढाइने र कृतिम बौद्धिकताको विकास, प्रवर्दन र नियमनको व्यवस्था गर्ने समेत पुनले बताए ।