कीवर्डहरू -

गुगलले जिमेल, डक्स र किपमा ल्यायो नयाँ एआई भ्वाइस सुविधा

गुगलले जिमेल, डक्स र किपमा ल्यायो नयाँ एआई भ्वाइस सुविधा

काठमाडौं । गुगलले जिमेल, डक्स र किपका एआई भ्वाइस सुविधालाई बेटा चरणबाट बाहिर ल्याउँदै स:शुल्क Google AI सब्सक्राइबरका लागि सामान्य रूपमा उपलब्ध गराएको छ । जिमेल लाइभ मार्फत प्रयोगकर्ताले प्राकृतिक भाषामा इमेलभित्रका आवश्यक जानकारी खोज्नुका साथै थप प्रश्न समेत सोध्न सक्नेछन् । यसले इमेलमा उपलब्ध जानकारीका आधारमा प्रयोगकर्ताका प्रश्नको जवाफ दिनेछ ।

जिमेल लाइभमा कुराकानी गरिरहँदा प्रयोगकर्ताले एआईलाई रोक्न, विषय परिवर्तन गर्न वा नयाँ प्रश्न सोध्न सक्नेछन् । कुराकानीको ट्रान्सक्रिप्ट स्क्रिनमा देखिनुका साथै एआईले प्रयोग गरेको सम्बन्धित इमेलको स्रोतसमेत हेर्न सकिनेछ । यो सुविधा हाल एन्ड्रोइड र iOS मा Google AI Plus, Pro र Ultra सब्सक्राइबरका लागि उपलब्ध छ ।

त्यस्तै, गुगल डक्स लाइभले प्रयोगकर्ताले बोलेर दिएको जानकारीलाई व्यवस्थित गर्दै डकुमेन्टको ड्राफ्ट तयार गर्नेछ । अनुमति दिएमा यसले जिमेल, गुगल ड्राइभ, च्याट र वेबबाट आवश्यक जानकारीसमेत प्रयोग गर्न सक्नेछ । डक्स लाइभ सुविधा एन्ड्रोइड र iOS मा Google AI Pro र Ultra प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

किप लाइभले प्रयोगकर्ताले बोलेर दिएको जानकारी बुझेर आफैं नोट तथा लिस्ट तयार गर्नेछ । प्रयोगकर्ताले स्पष्ट निर्देशन नदिए पनि यसले आवश्यकताअनुसार सामाग्रीलाई व्यवस्थित गर्न सक्नेछ । हाल किप लाइभ सुविधा एन्ड्रोइडमा Google AI Pro र Ultra प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ ।