कीवर्डहरू -

गूगल ट्रान्सलेटबाट फोटोमा भएको टेक्स्टलाई यसरी गर्नुहोस् अनुवाद

गूगल ट्रान्सलेटबाट फोटोमा भएको टेक्स्टलाई यसरी गर्नुहोस् अनुवाद

तपाईं मध्ये धेरैलाई अनुवादको आवश्यकता हुन सक्छ । टेक्स्टबाट टेक्स्टमै अनुवाद गर्न सजिलो छ तर फोटोमा लेखिएको वाक्यलाई अनुवाद गर्नुपर्दा गाह्रो हुन्छ ।

यो सबैभन्दा आवश्यक हामी कतै घुम्न गएको बेला पर्छ । तपाईंले गुगल ट्रान्सलेटको सहयोगमा फोटोको टेक्स्ट अनुवाद गर्न सक्नुहुन्छ । तपाईंले साइन बोर्डको फोटोलाई आफ्नो भाषामा अनुवाद गर्न पनि सक्नुहुन्छ । यसको विधि जानौं ।


तस्बिरहरू अनुवाद गर्न गूगल ट्रान्स्लेट कसरी प्रयोग गर्ने ?

आफ्नो फोनको ब्राउजर वा ल्यापटपको ब्राउजरबाट गुगल ट्रान्सलेटको साइटमा जानुहोस् । आफ्नो भाषा चयन गर्नुहोस् ।

अब इमेजेजमाक्लिक गर्नुहोस् । अब ग्यालरीमा भएको अनुवाद गर्नुपर्ने फोटालाई छनौट गर्नुहोस् ।

यसपछि, गुगल ट्रान्सलेटले स्वचालित रूपमा टेक्स्ट पत्ता लगाउनेछ र यसलाई तपाईंको भाषामा अनुवाद गर्नेछ ।

तपाईले फोन स्क्रिनमा देखिने टेक्स्ट म्यानुअल रूपमा चयन गर्न सक्नुहुन्छ । यदि तपाइँ यसलाई क्लिक गरेर फोटो अनुवाद गर्न चाहनुहुन्छ भने, टेक्स्ट एरिया नजिकबाट क्रप गर्नुहोस् । तपाईं भाषा पत्ता लगाउने विकल्पमा गएर अनुवाद भाषा पनि परिवर्तन गर्न सक्नुहुन्छ ।