कीवर्डहरू -

हरित ऊर्जाको महत्त्व दर्शाउने शर्ट भिडियो बनाउँदा ४४ हजार नगद जित्ने मौका

हरित ऊर्जाको महत्त्व दर्शाउने शर्ट भिडियो बनाउँदा ४४ हजार नगद जित्ने मौका

समृद्धिका लागि हरित ऊर्जाको महत्त्व दर्शाउने शर्ट भिडियो बनाउँदा ४४ हजार नगद जित्न सकिने भएको छ । 

समृद्धिका लागि हरित ऊर्जा भन्ने नारासहित आउँदो वैशाख १२ गतेदेखि १४ गतेसम्म आयोजना हुने हिमालयन हाइड्रो एक्स्पो २०२४ ले हरित उर्जाको महत्त्वको विषयमा शर्ट भिडियो प्रतियोगिता आयोजना गर्दैछ । 

सर्ट भिडियो बनाउँदा ९० सेकेण्डको भिडियोमा समृद्धिका लागि हरित ऊर्जाको महत्व दर्शाउनुपर्ने छ । उक्त भिडियोहरु आयोजक संस्था इप्पानको वेबसाइट (www.ippan.org.np), इभेन्ट व्यवस्थापक इभेन्ट सोलुसनको वेबसाइट (www.eventsolutionnepal.com.np), हिमालयन हाइड्रो एक्स्पोको वेबसाइट (www.himalayanhydroexpo.com) तथा अफिसियल सामाजिक सञ्जालहरु फेसबुक (Independent Power Producers’ Association, Nepal -IPPAN), इन्स्टाग्राम, युट्युब, लिंकडिन (Independent Power Producers’ Association, Nepal -IPPAN) लगायतमा राखिने छ । 

सबैभन्दा धेरै लाइक, शेयर र कमेन्ट पाउने भिडियोलाई प्रथम र द्वितीय पुरस्कार दिइने छ। प्रथम पुरस्कार ४४ हजार र द्वितीय पुरस्कार २२ हजार रुपैयाँ रहेको छ । भिडियो पठाउने अन्तिम मिति २७ चैत रहेको छ भने ११ वैशाख २०८१ सम्म आउने लाइक र कमेन्टलाई प्रतिस्पर्धामा गणना गरिनेछ ।

तीन दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरुका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछन् । ५० हजार भन्दा धेरै अवलोकन कर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरिएको छ ।