कीवर्डहरू -

साना डिजिटल कारोबार नि:शुल्क गर्ने विषयमा छलफल गर्दै छुः प्रधानमन्त्री ओली

साना डिजिटल कारोबार नि:शुल्क गर्ने विषयमा छलफल गर्दै छुः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने विषयमा छलफल गर्न थालेको बताएका छन् । 

साना डिजिटल कारोबार निःशुल्क गर्ने विषयमा सम्बन्धित अधिकारीसँग छलफल गर्न थालेको जानकारी दिएका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन्, ‘साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’

पछिल्लो समय नेपालमा डिजिटल करोबार बढ्दै गएको छ । सानो सानो कारोबार पनि डिजिटल माध्यमबाट हुन थालेको छ । तर सानो डिजिटल कारोबार गर्दा पनि ११ रूपैयाँ शुल्क लाग्ने गर्दा धेरै प्रयोगकर्ता मर्कामा परेका छन् । यही विषयलाई सम्बोधन गर्न छलफल गरिरहेको ओलीको भनाइ छ ।