कीवर्डहरू -

आइसिटी अवार्डले सुरू गर्‍यो च्याटबट सेवा, अब एआईले नै दिनेछ अवार्ड सम्बन्धि जानकारी

आइसिटी अवार्डले सुरू गर्‍यो च्याटबट सेवा, अब एआईले नै दिनेछ अवार्ड सम्बन्धि जानकारी

आइसिटी अवार्डले एआई च्याटबट सेवा सुरू गरेको  छ । योसँगै अब अवार्ड सम्बन्धि विभिन्न जानकारीहरू च्याटबटबाटै प्राप्त गर्न सकिने छ । 

आइसिटी अवार्डको वेबसाइट खोलेपछि पुछारतिर रहेको च्याटबटमा क्लिक गरेर अवार्ड बारे आफुलाई सोध्न चाहेको जिज्ञासा सोध्न सकिने छ । यसबाट अवार्डको प्रक्रिया, आवेदन दिने तरिका, निर्णायक मण्डलको जानकारी र अन्य महत्त्वपूर्ण विषयहरूमा सजिलै जानकारी प्राप्त गर्न सक्छन् ।

च्याटबटको प्रयोगले सहजै आइसिटी अवार्ड बारे जानकारीहरू प्राप्त गर्न सकिने आयोजक संस्था लिभिङ विथ आइसिटीले जनाएको छ । 

अहिले १४ विधामा आइसिटी अवार्ड २०२४ को अनलाइन नोमिनेसन खुला छ । यदी तपाई पनि सूचना प्रविधि क्षेत्रमा कुनै स्टार्टअप, प्रडक्ट वा इन्नोभेसन छ वा यस क्षेत्रमा योगदान दिइरहनु भएको छ भने यहाँ क्लिक गरेर इच्छुक विधामा आवेदन दिन सक्नुहुनेछ ।