कीवर्डहरू -

आइएमई पे एपमा रु. १ को खेल, अल्टिमा लाईफस्टाईलको प्रडक्ट जित्ने मौका

आइएमई पे एपमा रु. १ को खेल, अल्टिमा लाईफस्टाईलको प्रडक्ट जित्ने मौका

नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक १ रूपैयाँको खेल सार्वजनिक गरेको छ । 

यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ १ रूपैयाँ खेल सुरु गरेको हो ।

खेल खेल्दा उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखिएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नुहुन्छ । 

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट- अल्टिमा बुम १६१ क्युमा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ । 

प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ गतेदेखि माघ ८ गतेसम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (रु. १५० सम्म) पनि पाउन सकिने छ ।