कीवर्डहरू -

आत्महत्या गर्न लागेकी युवतीको मेटा एआईले बचायो ज्यान, प्रहरीलाई गरियो तुरुन्तै सूचित

आत्महत्या गर्न लागेकी युवतीको मेटा एआईले बचायो ज्यान, प्रहरीलाई गरियो तुरुन्तै सूचित

मेटाको आर्टिफिशियल इंटेलिजेन्सले २१ वर्षीय महिलालाई आत्महत्या गर्नबाट बचाएको छ । यो घटना भारतको लखनौबाट आएको हो । आत्महत्या गर्न रोक्नलाई आर्टिफिशियल इंटेलिजेन्सले महत्वपूर्ण भूमिका खेलेको छ। एआईले समयमै उक्त महिलाको आत्महत्या गर्ने मनसायको बारेमा स्थानीय सरोकारवालालाई सचेत गरायो । त्यसपछि तुरुन्तै सफल उद्धार अपरेसन गर्दै प्रहरीले युवतीको जीवन बचाउन सफल भएको थियो ।

रिपोर्ट अनुसार, मेटाको एआई सिस्टमले एक भिडियो फल्याग गरेको थियो, जसलाई आत्महत्या गर्न जाने महिलाले नै सामाजिक मिडिया प्लेटफर्ममा पोस्ट गरेकी थिइन् । यस भिडियोमा २१ वर्षीय महिलाले घाटीमा फन्दा लगाएको देखिएको थियो । यससँगै, महिलाले आत्महत्या गर्ने मनसाय व्यक्त गरिरहेकी थिइन् । 

मेटा कम्पनीको अलर्ट प्राप्त भएपछि निगोहां पुलिस टिमले तुरुन्त घटनास्थलमा पुगेर महिलालाई आत्महत्या गर्नबाट रोक्न सफल भयो र उनलाई परामर्श दिइयो । 

यो भिडियो सामाजिक मिडियामा तीव्र गतिमा फैलिएको थियो र यस्तो हुन लागेको सूचित भएपिछ पुलिसले महिलाको लोकेशन पत्ता लगाउन सफल भयो । महिला अधिकारीसहित एक पुलिस टोली घटनास्थलमा पठाइएको थियो । यसरी महिलाको तुरुन्त परामर्श गरेर उनको जीवन बचाइयो ।

बताइएको छ कि आत्महत्या गर्न जाने यी महिलाको चार महिना अघि आर्य समाज मन्दिरमा विवाह भएको थियो । यो विवाहलाई कानूनी मान्यता प्राप्त थिएन । केही समयपछि महिलाको श्रीमानले उनलाई छोडिदिए । यसको प्रभाव महिलाको मानसिक अवस्थामाथि प¥यो । उनले आफूलाई एक्लो र निराश महसुस गर्न थालिन् । यी सबै कारणहरूले उनी आत्महत्या गर्न प्रयास गर्न थालिन् ।

आत्महत्या जस्ता समस्यामा कहाँबाट मद्दत लिन सकिन्छ ?

आत्महत्या जस्ता समस्यामा यदि तपाईं वा तपाईंको कुनै चिन्ने व्यक्ति मानसिक तनावमा हुनुहुन्छ छ भने, मद्दतको लागि सम्पर्क गर्न सकिन्छ । मद्दतको लागि ११६६ मा कल गर्न सकिन्छ । यसको अतिरिक्त, पाटन अस्प्ताललाई पनि सम्पर्क गर्न सक्नुहुन्छ । सम्पर्कका लागि ९८१४३७६१२३ मा डायल गर्नुहोस् ।

मेटा एआई के हो ?

मेटा एआई मेटाको आर्टिफिशियल इंटेलिजेन्स च्याटबोट हो । यो च्याटबोटलाई कम्पनीले जुन महिनामा रोलआउट गर्न शुरू गरेको थियो । मेटा एआईको प्रयोग ह्वाट्सऐप, इन्स्टाग्राम, फेसबुक, म्यासेन्जर मार्फत गर्न सकिन्छ । यसका साथै, मेटा एआई मेटा डट एआई वेबसाइटमा पनि प्रयोग गर्न सकिन्छ । तपाईं मेटा एआईसँग च्याटजीपीटी जस्तै कुनै पनि प्रकारको प्रश्न सोध्न सक्नुहुन्छ । यसका अतिरिक्त, मेटा एआईले इमेज पनि जनरेट गर्दछ ।