कीवर्डहरू -

मेटाको नयाँ एआईले वास्तविक समयमै बोल्ने व्यक्ति र भाषा पहिचान गर्ने

मेटाको नयाँ एआईले वास्तविक समयमै बोल्ने व्यक्ति र भाषा पहिचान गर्ने

काठमाडौं । मेटाले Muse Voice Transcribe  नामको नयाँ एआई मोडल सार्वजनिक गरेको छ । यसले वास्तविक समयमा २० भन्दा बढी व्यक्तिको आवाज छुट्याएर कुराकानीलाई लेख्न सक्छ ।

एकैपटक धेरै भाषा प्रयोग भएको कुराकानी पनि बुझ्न र ट्रान्सक्राइब गर्न सक्छ । यो एआईले एउटै वाक्यमा विभिन्न भाषाका शब्द प्रयोग भएपनि त्यसलाई पहिचान गरेर लेख्न सक्छ ।

मेटाको नयाँ Muse Voice Transcribe  एआईले कठिन शब्दमा केही समय लिएर सही शब्द पहिचान गर्छ भने सजिला शब्द छिटो ट्रान्सक्राइब गर्छ । यसले ७० भन्दा बढी भाषामा तालिम पाएको छ ।

यो एआईले कुराकानीको बीचमा भाषा परिवर्तन भएपनि पहिचान गर्न सक्छ । साथै, २० भन्दा बढी वक्ताको लामो कुराकानी पनि ट्रान्सक्राइब गर्न सक्छ । मेटाको यो एआई गुगलको Gemini 3.5 Transcribe सार्वजनिक भएको केही दिनपछि आएको हो ।

तर Muse Voice Transcribe लाई आफ्ना मुख्य सेवामा कहिले जोड्ने भन्नेबारे मेटाले स्पष्ट पारेको छैन । हाललाई Muse Voice Transcribe मेटाको नयाँ Meta AI Mac App मा प्रयोग गर्न सकिन्छ । यसले अन्य एपमा पनि आवाजलाई लेखाइमा बदल्न सक्छ ।

यो एआई Muse code र Meta Model API  मार्फत डेभलपरले पनि प्रयोग गर्न सक्छन् । Muse Voice Transcribe मेटा सुपरइन्टेलिजेन्स ल्याबको नयाँ एआई मोडल हो ।