कीवर्डहरू -

मोबाइलबाटै हस्ताक्षरसहितको डकुमेन्ट अरूलाई पठाउनु पर्‍यो ? यसो गर्नुहोस्

मोबाइलबाटै हस्ताक्षरसहितको डकुमेन्ट अरूलाई पठाउनु पर्‍यो ? यसो गर्नुहोस्

आजकाल हामी धेरै प्रकारका कामका लागि स्मार्टफोन प्रयोग गर्छौं । हामीलाई कतिपय समयमा फोनमा पीडीएफ डकुमेन्ट वा अन्य कुनै फाइलमा साइन गर्नु परिरहेको हुन्छ ।

धेरै पटक डकुमेन्ट हाम्रो फोनमा हुन्छ र त्यहाँ हस्ताक्षर गर्न आवश्यक छ । अब फोन कागजको टुक्रा होइन जसमा कलमले हस्ताक्षर गर्न सकिन्छ ।

तसर्थ, यदि तपाई फोनमा हस्ताक्षर कसरी गर्ने भनेर चिन्तामा हुनुहुुन्छ भने, चिन्ता लिनु पर्दैन् । आज हामी तपाईलाई डिजिटल पेन बिनानै फोनमा सिग्नेचर कसरी बनाउने भन्ने बारे जानकारी दिदैछौं ।

तपाईं फोनमा धेरै तरिकामा हस्ताक्षर गर्न सक्नुहुन्छ । एन्ड्रोइड स्मार्टफोन र आईफोनमा सिग्नेचर गर्ने विधि फरक हुन सक्छ । यदि तपाईसँग पनि त्यस्तो कुनै कागजात वा फोटो छ, जसमा हस्ताक्षर गर्ने हो भने यहाँ उल्लेख गरिएका विधिहरू प्रयोग गरी हस्ताक्षर गर्न सक्नुहुन्छ ।

फोनमा साइन गर्न कुनै कलम आवश्यक छैन् । तपाईंले केही उपकरणहरूको मद्दतले हस्ताक्षर गर्न सक्नुहुन्छ । 

आईफोनमा एप्पल नोट्सको प्रयोग

एप्पल नोट्स एपमा बिल्ट–इन सिग्नेचर टूल छ, जुन तपाई आफ्नो फोनमा कुनै पनि कागजात वा फोटोमा हस्ताक्षर गर्न प्रयोग गर्न सक्नुहुन्छ । यसो गर्नका लागि यी चरणहरू पालना गर्नुहोस् ।

सर्वप्रथम एप्पल नोट्स एप खोल्नुहोस् । अब तपाईंले हस्ताक्षर गर्न चाहनुभएको कागजात वा फोटोमा ट्याप गर्नुहोस् ।

दायाँ कुनामा रहेको 'मार्कअप’ विकल्पमा ट्याप गर्नुहोस् । अब 'सिग्नेचर’ टूलमा ट्याप गर्नुहोस् । स्क्रिनमा आफ्नो हस्ताक्षर कोर्नुहोस् । हस्ताक्षरलाई अन्तिम रूप दिन 'डन’ मा ट्याप गर्नुहोस् ।

एन्ड्रोइड फोनमा कसरी गर्ने ? 

एडोब एक्रोब्याट रिडर एप एक लोकप्रिय पीडिएफ डकुमेन्ट रिडर सिस्टम हो । यसमा बिल्ट–इन हस्ताक्षर टूल पनि छ ।

अब हस्ताक्षर गर्नका लागि एडोब एक्रोब्याट रिडर एप खोल्नुहोस् । अब तपाईंले हस्ताक्षर गर्न चाहनुभएको पीडीएफ कागजातमा ट्याप गर्नुहोस् ।

स्क्रिनको दायाँ छेउमा रहेको 'कमेन्ट’ मा ट्याप गर्नुहोस् । अब 'साइन’ विकल्पमा ट्याप गर्नुहोस् । यसपश्चात फोन स्क्रिनमा आफ्नो हस्ताक्षर सिर्जना गर्नुहोस् । हस्ताक्षर सेट गरेपछि, 'डन’ मा ट्याप गर्नुहोस् ।