कीवर्डहरू -

नेपालमा टिकटक तत्काल बन्द हुने मन्त्रिपरिषदको निर्णय

नेपालमा टिकटक तत्काल बन्द हुने मन्त्रिपरिषदको निर्णय

सरकारले सामाजिक सञ्जाल टिकटक तत्काल बन्द गर्ने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद बैठकमा टिकटक बन्द गर्ने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम बढ्दै गएपछि नियन्त्रणका लागि टिकटक बन्द गर्ने निर्णय गरिएको मन्त्री शर्माको भनाई छ । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ । त्यसका लागि मिति र समय भने तोकिएको छैन् ।