काठमाडौं । माइक्रोसफ्टले आफ्नो Windows 11 operating system अपडेट प्रणालीमा महत्वपूर्ण परिवर्तन गरेको घोषणा गरेको छ । नयाँ व्यवस्थाअनुसार अब प्रयोगकर्ताले अपडेटलाई लामो समयसम्म स्थगित (pause) गर्न सक्नेछन्, जसले कामको बीचमा हुने अवरोध घटाउने अपेक्षा गरिएको छ ।
कम्पनीका अनुसार अब विन्डोज ११ अपडेटलाई ३५ दिनसम्म रोक्न सकिन्छ र आवश्यकताअनुसार यसलाई पुन: थप समयका लागि बढाउन पनि मिल्नेछ । यसले बैठक, गेम खेल्दा वा अन्य महत्वपूर्ण कामका क्रममा हुने अनपेक्षित रिस्टार्ट तथा अवरोधबाट प्रयोगकर्तालाई राहत दिनेछ ।
माइक्रोसफ्टका अनुसार प्रयोगकर्ताको सुझावपछि यस्तो व्यवस्था ल्याइएको हो , जसले अपडेट कहिले गर्ने भन्ने निर्णय अब प्रयोगकर्ताकै हातमा हुनेछ । यससँगै, अब प्रयोगकर्ताले अपडेट नगरीकन पनि कम्प्युटर बन्द वा रिस्टार्ट गर्न सक्ने विकल्प पाउनेछन्, जसले प्रयोग अनुभवलाई अझ सहज बनाउने लक्ष्य राखिएको छ ।
नयाँ डिभाइस सेटअप गर्दा अपडेट स्किप गर्न मिल्ने सुविधा पछि प्रयोगकर्ताको सहजताका लागि ल्याइएका हुन् । कम्पनीका अनुसार, नयाँ सुविधा हाल Windows Insider Program testing program अन्तर्गत Dev र Experimental च्यानलका प्रयोगकर्तामाझ परीक्षणका रूपमा उपलब्ध गराइएको छ । आगामी दिनमा यसलाई सबै प्रयोगकर्ताका लागि विस्तार गरिने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार