कीवर्डहरू -

अब वानप्लस प्याड गोको ब्याट्रीमा समस्या नआउने, कम्पनीले ल्यायो नयाँ अपडेट

अब वानप्लस प्याड गोको ब्याट्रीमा समस्या नआउने, कम्पनीले ल्यायो नयाँ अपडेट

वानप्लसले आफ्नो प्याड गो प्रयोगकर्ताहरूका लागि अक्सिजन ओएस १४.०.०.८०६ अपडेट रिलिज गरेको छ । यो अपडेट ट्याब्लेटमा आइरहेको ब्याट्रीको समस्या समाधान गर्नका लागि प्रस्तुत गरिएको हो । कम्पनीले वानप्लस कम्युनिटी पोस्टमार्फत् अपडेटको बारेमा जानकारी दिएको छ ।

कम्पनीको भनाइ अनुसार, प्रारम्भिक चरणमा अक्सिजन ओएस १४.०.०.८०६ अपडेट केही प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको छ । केहि समयपछि यो अपडेट सबै प्रयोगकर्ताहरूका लागि रोलआउट गरिनेछ । यो अपडेट सिस्टम अपडेटसँगै आउँछ । अपडेटसँगै ट्याब्लेटको ब्याट्री लाइफलाई बढाउनमा मद्दत मिल्नेछ।  
नवीनतम अपडेटसँगै ट्याब्लेटमा रहेको अटो ब्राइटनेसको समस्या पनि फिक्स गरिएको छ।  यो बाहेक क्यामेरा इन्टरफेसका लागि तीन–फिंगर स्क्रिनशटको समस्या पनि समाधान गरिएको छ ।

– पावर खपतलाई अप्टिमाइज गरेर ब्याट्री लाइफलाई बढाइएको छ ।

– स्क्रिन लिने अनुभवलाई सुधार गरिएको छ ।

– प्रणालीको सुरक्षालाई सुधार गर्न ब्अगस्त २०२४ एन्ड्रोइड सुरक्षा प्याच इंटिग्रेट गरिएको छ ।

– अटो ब्राइटनेस अब अटो टर्न अन हुँदैन् ।

– क्यामेरा इन्टरफेसमा अब तीन फिंगर स्क्रिनशट लिनमा कुनै समस्या हुनेछैन् ।

वानप्लस प्याड कसरी अपडेट गर्ने ?

– सबैभन्दा पहिले वानप्लस प्याड गो ट्याब्लेटको सेटिङमा जानुहोस् ।
– अब अबाउट डिभाइस अप्शनमा ट्याप गर्नुहोस्।
– त्यसपछि भर्सन अप्शनमा ट्याप गर्नुहोस् ।
– अपडेट उपलब्ध हुनेछ जुन यहाँ देखिनेछ ।
– जसलाई तपाईं इन्स्टल गर्न सक्नुहुन्छ ।