अब अनलाइनबाटै नेपाल टेलिकमकाे ई-सीम लिन सकिने भएकाे छ । २१ ओैं वार्षिकोत्सवकाे अवसरमा नेपाल टेलिकमले अनलाइनबाटै ई-सिम लिन पाउने व्यवस्था गरेकाे हाे ।
अहिलेसम्म ग्राहकहरूले ई-सिम लिनको को लागि काउन्टरमा जानु पर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइट मार्फत सहजै प्राप्त गर्न सक्नेछन् ।
गत मंसिरसम्म नेपाल टेलिकमका भ्वाइसतर्फ २ कराेड १२ लाख ४२ हजार ग्राहक रहेका छन् भने इन्टरनेट तथा डाटतर्फ २ कराेड ११ लाख बढी पुगेका छन् ।