कीवर्डहरू -

ओपन एआईले ल्यायो जीपीटी ४.५ मोडेल, लेखन र प्रोग्रामिङका लागि उपयोगी हुने दावी

ओपन एआईले ल्यायो जीपीटी ४.५ मोडेल, लेखन र प्रोग्रामिङका लागि उपयोगी हुने दावी

अमेरिकी कम्पनी ओपन एआईले जीपीटी ४.५ मोडेल सार्वजनिक गरेको छ । अहिलेसम्मकै शक्तिशाली मोडेलको रूपमा ओपन एआईले जीपीटी ४.५ सार्वजनिक गरेको हो । 

डेभलपरहरूले यसलाई आफ्नो ‘सबैभन्दा जानकार मोडेल’ भनेका छन्, यद्यपि जीपीटी ४.५ कुनै ठूलो प्रविधिगत सफलता नभएको र यसले तर्कशक्तिको क्षमता नबोकेको उनीहरूको भनाइ छ । 
जीपीटी ४.५ मा संकेतहरू चिन्ने, सम्बन्ध स्थापित गर्ने र सिर्जनात्मक विचार उत्पन्न गर्ने क्षमतामा सुधार गरेको गरेको ओपन एआईले जनाएको छ । तर यसमा वास्तविक तर्कशक्ति छैन ।

 नयाँ संस्करण प्रयोगकर्ताका अनुरोधहरूमा अझ प्रभावकारी रूपमा प्रतिक्रिया दिन सक्षम रहेको छ, जसले गर्दा यो विशेष गरी लेखन र प्रोग्रामिङ कार्यहरूका लागि उपयोगी सावित हुने अपेक्षा गरिएको छ । 

ओपन एआईका अनुसार, जीपीटी ४.५ ले अघिल्ला संस्करणहरूभन्दा कम गल्ती गर्ने सम्भावना छ । ओपन एआईले यस मोडेलको सजगतापूर्वक संकेतहरू व्याख्या गर्ने क्षमतामा भएको सुधारले यसलाई सामग्री निर्माण, सफ्टवेयर विकास , र डेटा विश्लेषण जस्ता क्षेत्रका व्यवसायीहरूका लागि अझ प्रभावकारी उपकरण बनाउने विश्वास लिएको छ । 

तर, यी सुधारहरूका बावजुद, मानवीय निरीक्षण आवश्यक रहेको ओपन एआईले जोड दिएको छ, किनभने मोडेलले कहिलेकाहीं गलत वा पक्षपाती जानकारी उत्पादन गर्न सक्ने सम्भावना रहन्छ ।