कीवर्डहरू -

सहकारी र लघुवित्तको मोबाइल बैंकिङबाट टपअप गर्दा स्मार्ट टिभीदेखि इयरबड्ससम्म जित्ने अवसर

सहकारी र लघुवित्तको मोबाइल बैंकिङबाट टपअप गर्दा स्मार्ट टिभीदेखि इयरबड्ससम्म जित्ने अवसर

इन्फोडेभलपर्सले आफ्नो मोबाइल बैंकिङ्ग एपको नयाँ  योजना अन्तर्गत ‘अब टपअपमा उपहार’ सुरू गरेको छ । यस  योजना अन्तर्गत सहकारी/लघुवित्तका सदस्यहरुले आफ्नो सहकारी/लघुवित्तको मोबाइल बैंकिङ्ग एपमार्फत एनटिसी र एनसेल दुवै नम्बरमा टपअप गर्दा स्मार्ट टिभी र आकर्षक उपहार जित्ने मौका पाउने छन् ।

बम्पर उपहारमा यसुदा ब्रान्डको ३२ इन्चको टिभी घोषित गरिएको छ भने थप उपहारमा नोइज ब्रान्डको इअरबड्स , खल्ती प्रोको सदस्यता र अनर ब्रान्डको स्मार्ट-ब्यान्ड्स उपहार राखिएको छ ।  
यो योजना ३१ चैत्रमा समाप्त हुनेछ । विजेताहरु इन्फोडेभलपर्स र एम डबली- मोबाइल बैंकिङ्गको फेसबुक पेज मार्फत घोषणा गरिनेछ । 

यस योजनाबाट सहकारी/लघुवित्तका सदस्यहरुले आफ्नो मोबाइलबाटै रिचार्ज र डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने इन्फोडेभलपर्सको विश्वास छ । साथै सदस्यहरूलाई मोबाइल बैंकिङ्गको सुविधा अझै सुलभ र सजिलो बनाउनुका साथै मोबाइल बैंकिङ्ग एपको प्रयोगकर्ताहरू बढाउने लक्ष्य राखेको इन्फोडेभलपर्सका डिजिटल बैंकिङ्ग प्रमुख विदित वाग्लेले बताए ।

त्यसैगरी, यो योजनाले सहकारी तथा लघुबित्तको क्षेत्रमा मोबाइल बैंकिङ्ग एपको अनुभवमा सकारात्मक परिवर्तन ल्याउनुका साथै नयाँ सदस्यहरू बनाउने, ग्राहक संलग्नता बढाउने, र मोबाइल बैंकिङ्ग एपको प्रयोगमा ब्रिद्धी हुने अपेक्षा गरेको इन्फोडेभलपर्सका बजार प्रमुख रेशम भण्डारीले बताए ।