कीवर्डहरू -

भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्दा सित्तैमा १२५ एमबीपीएसको प्याकेज

भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्दा सित्तैमा १२५ एमबीपीएसको प्याकेज

भायानेट कम्युनिकेसनले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि बाइ वान गिफ्ट वान फ्री (एक किन्दा एक उपहार) इन्टरनेट योजना सार्वजनिक गरेको छ।

यस अफरमा भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्नेछन् र बदलामा आफ्नो लागि थप १ महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा योग्य हुनको लागि भायानेट ग्राहकले ३, ६ वा १२ महिनाको सदस्यता अवधिको साथ १२५ एमबीपीएस वा सो भन्दा माथिका उच्च गतिको इन्टरनेट प्याकेज नवीकरण वा जडान गर्नुपर्ने हुन्छ । एक पटक योग्य भएपछि, ग्राहकले एसएमएसमार्फत उपहार भौचर कोड प्राप्त गर्नेछन्, जुन आफ्नो प्रियजनलाई प्रदान गर्न सकिने कम्पनीले जनाएको छ ।

गिफ्ट भाउचर प्राप्त गर्ने व्यक्तिले भायानेटलाई सम्पर्क गरी १२५ एमबीपीएस ३ महिनाको रु २७०० प्लस भ्याट बाराबरको इन्टरनेट प्याकेज उपहार दाबी गर्न सक्छन् । उपहार भौचर नयाँ जडानको लागि मात्र उपलब्ध छ र  यसमा जडान शुल्क भने लागू हुनेछ।

उपहार भौचर दाबी गरिसकेपछि, आफ्नो प्रियजनलाई उपहार भाउचर दिने मूल ग्राहकले नयाँ ग्राहकलाई भायानेट जडान गर्न सहयोग गरे बापत १ महिनाको इन्टरनेट निःशुल्क पाउनेछन्।

यो अफरलाई थप आकर्षक बनाउन भायानेटले १२५ एमबीपीएस ३ महिनाको प्याकेजमा नयाँ आकर्षक छुट सहितको मूल्य सार्वजनिक गरेको छ, जसको मुल्य मात्र  रु.२७०० प्लस भ्याट पर्ने कम्पनीले जनाएको छ। 

भायानेटका सेल्स एण्ड मार्केटिङ उपाध्यक्ष शहिन श्रेष्ठले भायानेटका सेवाहरूलाई अझ धेरै ग्राहकले रेफर गर्दै यस परियोजनाबाट धेरै भन्दा धेरै ग्राहकले फाईदा लिन सकुन भनेर नै यस इन्टरनेट उपहार दिने अवधारणा ल्याएको बताए ।