कीवर्डहरू -

विद्युतीय गाडी दिपलको ब्रान्ड एम्बास्डरमा पारस खड्का नियुक्त

विद्युतीय गाडी दिपलको ब्रान्ड एम्बास्डरमा पारस खड्का नियुक्त

चांगन नेपालले विद्युतीय गाडी दिपलको ब्रान्ड एम्बास्डरमा क्रिकेटर तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्कालाई नियुक्त गरेको छ ।

काठमाडौंस्थित होटल मेरियटमा मंगलबार आयोजित एक विशेष समारोहमा कम्पनीले खड्कालाई ब्रान्ड एम्बास्डर घोषणा गरेको हो ।

ब्रान्ड एम्बास्डरको जिम्मेवारी पाएपछि नवनियुक्त ब्राण्ड एम्बास्डर पारस खड्काले यति धेरै फिचर सहितको गाडी, यति कम मूल्यमा यो सेग्मेन्टमै नभएको बताए । ' म आफैंले पनि यो गाडी चलाएको छु । साँच्चिकै मज्जा लाग्यो,' उनले भने, 'यसका फिचरहरू हाइटेक छन् । बाहिरबाट हेर्दा मात्र नभई यसको इन्टेरियर पनि निकै गजब रहेछ ।’

कार्यक्रममा एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा खुसी लागेको बताएका थिए ।