कीवर्डहरू -

टेलिकमले सुरू गर्याे भाेवाईफाई सेवा, वाईफाई नेटवर्कबाटै भ्वाइस र एसएमएस सेवा प्रयाेग गर्न सकिने

टेलिकमले सुरू गर्याे भाेवाईफाई सेवा, वाईफाई नेटवर्कबाटै भ्वाइस र एसएमएस सेवा प्रयाेग गर्न सकिने

नेपाल टेलिकमले भाेवाईफाई सेवा सुरू गरेकाे छ । २१ ओैं वार्षिकोत्सवकाे अवसरमा नेपाल टेलिकमले भाेवाईफाई सेवाकाे व्यवसायीक सुरूवात गरेकाे हाे । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले भाेवाईफाई सेवाकाे उद्घाटन गरेका छन् ।

यस प्रविधिमार्फत भाेवाईफाई सपाेर्ट गर्ने र भाेल्टे सेवा सक्रिय भएको जुनसुकै माेबाइलबाट देश भित्र तथा देश बाहिरबाट वाईफाई नेटवर्कमार्फत नेपाल टेलिकमकै माेबाइल नम्बरबाट भ्वाइस तथा एसएमएस सेवा प्रयोग गर्न सकिनेछ ।

हाललाई नेपाल भित्रबाट यो सेवा प्रयोग गर्दा साविक प्याकेजकाे भ्वाइस/एसएमएस स्राेत तथा पे एज यु गाे बराबर सेवा शुल्क लाग्नेछ भने नेपाल बाहिरबाट सेवा प्रयोग गर्दा इनकमिङ कल नि:शुल्क तथा आउटगाेइङकाे ३ रूपैयाँ प्रति/मिनेट शुल्क लाग्नेछ ।