कीवर्डहरू -

फोनमा यी दुई एन्ड्रोइड एप छन् भने तुरुन्तै गर्नुहोस् डिलिट

फोनमा यी दुई एन्ड्रोइड एप छन् भने तुरुन्तै गर्नुहोस् डिलिट

यदि तपाई एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताहरू हुनुहुन्छ भने तपाईँलाई सतर्क रहन जरुरी छ । गूगल प्ले स्टोरमा रहेका धेरै एपहरू नेक्रो ट्रोजन भाइरसले प्रभावित छन् । यो भाइरस मोबाइल डिभाइसबाट प्रयोगकर्ताको व्यक्तिगत डेटा चोर्नको लागि डिजाइन गरिएको छ । डेटा चोर्नुका साथै यो तपाईँको उपकरणमा चुपचाप अन्य मालवेयर एपहरू पनि इन्स्टल गरिदिन्छ ।

गूगल प्ले स्टोरमा रहेका दुई एपहरूमा नेक्रो ट्रोजनभाइरस पुष्टि भएको छ । यी दुई एपहरू स्पटीफाई र ह्वाट्सएप नामबाट मोडिफाइ भएका छन् । यी आधिकारिक एपका कपि गरिएका नक्कली एप हुन् । गुगलले कारबाही गर्दै यी एपहरूलाई आफ्नो प्लेटफर्मबाट हटाएको छ । यसअघि लोकप्रिय खेल माइनक्राफ्टमा ट्रोजन भाइरस फेला परेको थियो ।

यससँगै सन् २०१९ मा पिडिएफ क्रिएटर एप क्याम स्क्यानरमा पनि नेक्रो ट्रोजनभाइरस  भाइरस फेला परेको थियो । गुगल प्ले स्टोरमा यो एपलाई करिब १०० मिलियन पटक डाउनलोड गरिएको थियो । यद्यपि, पछि कम्पनीले सुरक्षा अपडेट (प्याच) जारी गर्दै यो समस्या समाधान गरेको थियो । यससँगै दुई अन्य एप वुटा क्यामेरा  र म्याक्स ब्राउजरमा पनि भाइरस फेला परेको थियो । दुवै एपलाई गुगलले प्ले स्टोरबाट हटाएको थियो ।

सुरक्षा अनुसन्धानकर्ताहरूले लोकप्रिय एपहरूको मोडिफाइ गरिएको भर्सन तेस्रो–पक्षीय वेबसाइटहरू वा अन–अफिसियल तरिकाबाट डाउनलोड गर्नलाई लिएर चिन्ता व्यक्त गरेका छन् । नेक्रो ट्रोजन भाइरस धेरै एपहरूको मोडिफाइ गरिएको भर्सनमा फेला परेको छ । यसमा ह्वाटसएप, माइनक्राफ्ट, स्टम्बल गाईज, कार पार्किंग मल्टिप्लेयर र मेलन स्याण्डबक्स जस्ता एपहरू समावेश छन् ।

मालवेयरबाट आफ्नो उपकरणलाई सुरक्षित राख्न तपाईँले ती सबै एपहरू हटाउनुपर्ने हुन्छ जुन मोडिफाइ गरिएका छन् वा अन–अफिसियल तरिकाले फोनमा इन्स्टल गरिएका छन् । हाम्रो सल्लाह छ कि तपाईँले फोनमा एपहरू आधिकारिक वेबसाइट वा गूगल प्ले स्टोरबाट मात्र इन्स्टल गर्नुहोस् ।