कीवर्डहरू -

इन्स्टाग्राममा अब ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने

इन्स्टाग्राममा अब ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने

अब इन्स्टाग्राममा ३ मिनेटसम्मको रिल्स भिडियो अपलोड गर्न सकिने भएको छ । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागेसँगै यसअघि रहेको ९० सेकेन्डको सीमालाई बढाएर टिकटकले दोब्बर बनाएको हो ।  

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले प्रयोगकर्ताहरूको प्रतिक्रियाका कारण यो परिवर्तन गरिएको बताएका छन् । गत वर्ष जुलाईमा मोसेरीले लामो समयका भिडियोहरूलाई प्राथमिकता दिदा इन्स्टाग्रामको मुख्य पहिचानलाई कमजोर बनाउन सक्ने बताएका थिए । 

इन्स्टाग्रामको यो परिवर्तन अमेरिकामा टिकटक प्रतिबन्ध हुने सँगै आएको छ । टिकटकले भने सन् २०२१ मै ३ मिनेटको भिडियो अनुमति दिन थालेको थियो । तर इन्स्टाग्रामले रिल्सको समयसीमा बढाउन निकै ढिलो गरेको छ ।

डेढ मिनेटसम्मको भिडियो अनुमति दिन थालेको दुई वर्षभन्दा बढी भइसकेको छ । कम्पनीले रिल्सको समयसीमा १० मिनेटसम्म बढाउने परीक्षण गरेको थियो, तर यसलाई सार्वजनिक रूपमा लागू नगरी रोकिएको छ । लामो समयका भिडियो पोस्ट गर्न हालको लागि रिल्स बाहेकका पोस्टहरूमा मात्र अनुमति दिइएको छ ।