सामसङले नेपालमा ग्यालेक्सी एम ५५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । सुपर एमोलेड प्लस डिस्प्ले, पावरफुल प्रोसेसर र स्टाइलिश डिजाइन भएको ग्यालेक्सी एम ५५ फाइभजी नेपालमा सार्वजनिक भएको हो ।
ग्यालेक्सी एम ५५ फाइभजी ७.८ एमएमको चौडाइका साथ, सुपर स्लीक र हल्का वजनसहित आउने कम्पनीले जनाएको छ । ग्यालेक्सी एम ५५ फाइभजी हल्का हरियो र डेनिम ब्ल्याक दुई आर्कषक रंगहरूमा उपलब्ध छन् ।
क्वालकम स्न्यापड्रयागन सेभेन जेन वान प्रोसेसर प्रयोग गरिएको फोनले सहज मल्टिटास्किङका साथै मोबाइल गेमिङ अनुभव प्रदान गर्ने दावी छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ । १२० हर्ज रिफ्रेस रेट, ६.७ इन्च एमोलेड डिस्प्ले रहेको यसमा हाई ब्राइटनेस मोड र भिजन बूस्टर प्रविधिको साथ प्रयोगकर्ताहरूले उज्यालो घाममा पनि आफ्नो मनपर्ने कन्टेन्टको मजा लिन सकिने छ ।
ग्यालेक्सी एम ५५ फाइभजीमा उच्च रिजोल्युसन, शेक–फ्री भिडियो र फोटोहरूको लागि ५० मेगापिक्सेल (आईओएस) क्यामेरा पाउन सकिन्छ भने नाइटोग्राफी र इमेज क्लिपर र अब्जेक्ट इरेजर जस्ता सुविधाहरूको साथ प्रयोगकर्ताहरूले जस्तो सुकै प्रकाशको अवस्थाहरूमा पनि उत्कृष्ट फोटो खिच्न सक्ने सामसङले जानकारी दिएको छ ।
यसमा भएको भ्वाइस फोकस प्रविधिले कल गर्दा अरु वरपरका आवाजहरूलाई ब्लक गरी आवाज प्रष्ट बनाइदिने छ । डिफेन्स–ग्रेड नक्स सेक्युरिटी र सामसङ नक्स भल्टको साथ प्रयोगकर्ताहरूले हार्डवेयर र सफ्टवेयर आक्रमणहरूबाट बचाउने प्रविधि राखिएको छ ।
साथै फोनमा भएको क्वीक शेयरले टाढाबाट पनि कुनै पनि उपकरणसँग तत्काल फाइल शेयर गर्न सकिने छ । ग्यालेक्सी एम ५५ फाइभजीको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज संस्करणको मूल्य ४८ हजार ९९९ रूपैयाँ र १२ जीबी र्याम र २५६ जीबी स्टोरेज संस्करणको मूल्य ५३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।
साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्ट्यान्ट सेवाको साथमा तपाईले यो नयाँ फोनलाई आफ्नो नागरिकताको साथमा प्रति महिना २ हजार ४४९ रूपैयाँबाट ० प्रतिशत ब्याज दरमा सजिलो ईएमआईमा लिन सकिने छ ।