कीवर्डहरू -

सिद्धार्थ बैंक ल्यायो रिवार्ड्स योजना, डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्य

सिद्धार्थ बैंक ल्यायो रिवार्ड्स योजना, डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्य

सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमै पहिलो पटक डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका  साथ  ‘सिद्धार्थ रिवार्ड्स’ योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत ग्राहकहरुले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद  र मोबाइल बैकिङ्गबाट गरेको टपअपको आधारमा रिवार्डस पोइन्टस प्राप्त गर्न सक्ने छन् । 

यसरी आर्जन भएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न  सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने छ ।

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले रिवार्ड्स योजनाले डिजिटल भुक्तानीमा एक रोमाञ्चक र नयाँ अध्यायकोसुरुवात गरी ग्राहकहरूको बैंकिङ्ग अनुभवलाई अझ गुणस्तरीय बनाउन मद्दत पुर्याउने धारणा व्यक्त गरे ।