काठमाडौं । इन्टरनेट सेवा प्रदायक स्काइ ब्रोडब्याण्डको अफर सम्बन्धी यही वैशाख १७ मा प्रकाशित आईसीटी समाचारमा केही विवरण त्रुटिपूर्ण भएपछि सच्याइएको छ । उक्त समाचारमा शुल्क तथा स्पिडसम्बन्धी जानकारी अन्यथा उल्लेख भएकोमा क्षमा याचनासहित सच्याइएको जानकारी गराउँछौं ।
सच्याइएको विवरण अनुसार स्काइ ब्रोडब्याण्डका इन्टरनेट प्याकेजहरू रु. ६०० प्रतिमहिनादेखि सुरु हुनेछन् भने स्पिड ५०० Mbps सम्म उपलब्ध रहनेछ । यसअघि प्रकाशित समाचारमा यी विवरणहरू फरक रूपमा उल्लेख भएकोले भ्रम सिर्जना हुन गएको थियो ।
कम्पनीले नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरेको “New Year Special Offer” अन्तर्गत ग्राहकलाई सस्तो र उच्च-गतिको इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखिएको जनाएको छ । उक्त अफर Streaming, Gaming, Office work, Online learning लगायत दैनिक डिजिटल आवश्यकताका लागि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।
यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहनेछ, जुन वैशाख महिनाभर लागू हुनेछ । त्यसैले इच्छुक ग्राहकहरूले समयमै सेवा जडान गरी उच्च-गतिको इन्टरनेटको सुविधा लिन सक्नेछन् ।
आईसीटी समाचार