कीवर्डहरू -

स्मार्टफोन प्रयोगलाई प्रतिस्थापन गर्न सक्ने केही प्रविधि

स्मार्टफोन प्रयोगलाई प्रतिस्थापन गर्न सक्ने केही प्रविधि

स्मार्टफोन जीवनको एक महत्त्वपूर्ण भाग बनिसकेको छ । पहिलेका जमानामा फोनबाट सीमित काम मात्र हुन्थ्यो । तर जबदेखि फोनसँग 'स्मार्ट’ शब्द जोडिएको छ, त्यसको परिभाषा फेरिएको छ । अहिले धेरै जसो काम फोन बिना गर्न सकिँदैन् ।

अहिले जुन गतिमा प्रविधिको विस्तार भइरहेको छ, त्यसलाई हेर्दा स्मार्टफोनको प्रतिस्थापन धेरै टाढा छैन जस्तो देखिन्छ । आज हामी केही प्रविधिहरू बारे जान्दैछौं, जसले स्मार्टफोनको आवश्यकतालाई हटाउने दिशातर्फ संकेत गर्दछ ।

वेयरेबल एआई पिन

वेयरेबल एआई पिन, टेक्नोलोजीको संसारमा एकदमै नयाँ डिभाइस हो । धेरै छोटो समयमा यसले स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्ने संकेत गर्न थालेको छ । यो सानो डिभाइस तपाईंको शर्टको खल्तीमा क्लिप हुन्छ र स्मार्टफोन आवश्यक पर्ने कार्यहरू सबै गर्न सक्छ ।

एआई पिनसँग च्याट गर्दा च्याटजीपीटी जस्तै तरिकाले कुराकानी गर्न सकिन्छ र सिरी वा एलेक्सा जस्ता प्रश्नहरू सोध्न सक्छन् । एआई पिन वास्तवमा ओपनएआईको जीपीटी फोर मोडेलद्वारा संचालित छ ।

रे–ब्यान मेटा स्मार्ट चश्मा

तपाईलाई स्मार्टफोनबाट गर्न सकिने काम चश्मामार्फत मात्र गर्न सकियो भने कस्तो होला, कल्पना गर्नुहोस् । रे–ब्यान मेटा स्मार्ट चश्माले यो सम्भव पार्ने गर्दछ । रे–ब्यान स्मार्ट चश्मा  केही समय अघि मात्र मेटाद्वारा प्रस्तुत गरिएको थियो ।

चाखलाग्दो कुरा के छ भने, यसमा १२ एमपी अल्ट्रावाइड क्यामेरा छ । यो स्नापड्रागन एआर वान जेन वान चिपमा सञ्चालन हुन्छ । यसमा १५० भन्दा बढी कस्टम फ्रेम र कम्बिनेसन लेन्स उपलब्ध छन् । यो चश्मा ब्ल्याक म्याट र चम्किलो कालो रंगमा आउँछ । डिजाइनले यसलाई रेट्रो लुक दिन्छ ।

स्मार्ट रिंग

स्मार्टफोनको सट्टा स्मार्टवाच प्रयोग गर्ने अवधारणा अहिले पुरानो भइसकेको छ किनभने स्मार्ट रिङ्हरू बजारमा आएका छन्, जसले  स्मार्टफोन चाहिने धेरै कामहरू गर्न दिन्छ । सामसङले एमडब्लुसी २०२४ मा यो स्मार्ट रिङको झलक देखाएको थियो ।

ग्यालेक्सी स्मार्ट रिंग केही उन्नत प्रविधिहरूका साथ आउँनेछ, जसले स्मार्टफोनको प्रतिस्थापन हुनेतर्फ संकेत गर्दछ । सामसङ बाहेक अन्य धेरै कम्पनीका स्मार्ट रिङ्ग पनि उपलब्ध छन् ।

एआर, भिआर प्रविधि

पछिल्ला केही वर्षमा एआई भिआर जस्ता आधुनिक प्रविधिले स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्ने संकेत गरेको छ । अगमेन्टेड रियालिटी (एआर) भर्चुअल प्रविधिमा आधारित छ । यसमा हामीले जे देख्छौं, त्यो भर्चुअल संसारमा मात्रै भइरहेको छ तर वास्तविक संसारसँग त्यसको कुनै सान्दर्भिक्ता हुँदैन् ।

भिआर अर्थात् भर्चुअल रियालिटी अग्मेन्टेड रियालिटीको विपरित हो । भर्चुअल रियालिटीमा वास्तविक संसारको सट्टा फरक भर्चुअल संसार बनाइन्छ । यसका लागि दृश्य र ध्वनि प्रयोग गरिन्छ । यसका लागि हेडसेट बनाइएको छ, जसमा क्यामेरा रहेको हुन्छ ।