अनर २०० सिरिजमा विशेष अफरको घोषणा भएको छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपालले अनर २०० सिरिजमा विभिन्न अफरहरू ल्याएको छ ।
कम्पनीले यसअघि सातदिनसम्म प्रिबुकिङ खुला गरेको प्रि बुकीङ गर्नेलाई अनर स्मार्टवाच, च्वाइस एयरबड्स एक्सफाइभ उपहारमा दिदै आएको थियो । ग्राहकको अनुरोधका कारण अब अनर नेपालले प्रि-बुकिङपछि पनि यी उपहारहरू उपलब्ध गराउने भएको छ ।
यो अफर २४ जुलाई देखि ३१ जुलाई २०२४ सम्म मान्य हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा अनर २०० प्रो १२ जीबी र्याम ५१२ स्टोरेजमा उपलब्ध हुनेछ भने अनर २०० १२ जीबी र्याम २५६ जीबी स्टोरेज र १२ जीबी र्याम ५१२ जीबी स्टोरेजमा आउने छ ।
अनर २०० सिरिजमा ५० मेगापिक्सेल पोर्ट्रेट मुख्य क्यामेरा रहेको छ भने जुन उन्नत हार्डवेयर र एआई-संचालित सफ्टवेयरले सुसज्जित छ । सुपर डायनामिक H9000 सेन्सर र 4-in-1 पिक्सेल बिनिङ टेक्नोलोजीको साथ, कम प्रकाश परिदृश्यहरूले पनि जटिल विवरणहरू प्रकट गर्ने कम्पनीको भनाइ छ ।
अनर २०० र २०० प्रोमा ५२०० एमएएचको सिलिकन-कार्बन ब्याट्री राखिएको छ, जसले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम हुने कम्पनीको दावी छ ।
अनर २०० प्रो ओशन सायन र ब्ल्याक गरि दुई रंगमा उपलब्ध हुनेछ भने अनर २०० मुनलाइट ह्वाइट र ब्ल्याकमा उपलब्ध हुनेछ । सेलट्रोन नेपालले अनर २०० (१२+२५६) जीबी भेरियन्टको लागि मूल्य ६४ हजार ९९९ रूपैयाँ तोकेको छ भने (१२+५१२) जीबी भेरियन्टको मूल्य ६७ हजार ९९९ रूपैयाँ निर्धारण गरेको छ ।
अनसर २०० प्रि-बुकिङ गर्ने ग्राहकले १३ हजार ९९९ रूपैयाँको अनर च्वाइस वाच मात्र १ हजार ९९९ रूपैयाँमा पाउने छन् । स्क्रिन ब्रेकेज बीमाको लाभ उठाउन सक्नेछन।
अनर २०० प्रो (१२+५१२) जीबी भेरियन्टको मूल्य ८४ हजार ९९९ रूपैयाँ तोकिएको छ । यस फोनको प्रि-बुकिङ अवधि भित्र खरिद गर्ने ग्राहकहरूले १३ हजार ९९९ रूपैयाँ पर्ने अनर च्वाइस वाच र ५ हजार ४९९ रूपैयाँ पर्ने अर च्वाइस इयरबड्स एक्स फाइभसहित स्क्रिन ब्रोकेज बीमा र भीआईपी कार्ड पनि प्राप्त गर्नेछन् ।
ग्राहकहरूले अनर २०० सिरिजलाई अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट खरिद गर्न सक्ने छन् ।