कीवर्डहरू -

स्टार्टअपमैत्री देशको सूचीमा अटाएन नेपाल, काठमाडौं भने उत्कृष्ट एक हजार शहरभित्र पर्न सफल

स्टार्टअपमैत्री देशको सूचीमा अटाएन नेपाल, काठमाडौं भने उत्कृष्ट एक हजार शहरभित्र पर्न सफल

नेपालको काठमाडौं शहर विश्वका उत्कृष्ट १ हजार स्टार्टअपमैत्री शहरभित्र पर्न सफल भएको छ । ग्लोबल स्टार्टअप इकोसिस्टम इनडेक्स २०२३ को सूचीमा काठमाडौं विश्वका एक हजार उत्कृष्ट स्टार्टअपमैत्री शहरमा पर्न सफल भएको हो । 

स्टार्टअप बिलिङ्कले सार्वजनिक गरेको ग्लोबल स्टार्टअप इकोसिस्टम इनडेक्स २०२३ अनुसार नेपाल विश्वका उत्कृष्ट १०० स्टार्टअपमैत्री देशको सूचीमा अटाएको छैन् । तर एशियामा सिंगापुर पहिलो नम्बरमा छ भने चीन तेस्रो, भारत छैठौं, पाकिस्तान पन्ध्रौं, श्रींलका १७ औं र बंगलादेश अठारौं नम्बरमा छन् । 

त्यसैगरी उत्कृष्ट १०० स्टार्टअपमैत्री देशको सूचीमा अमेरिका पहिलो, दोस्रोमा बेलायत, तेस्रो स्थानमा इजरायल रहेका छन् । 

विश्वका १०० बढी देश र १ हजार बढी शहरमा भएको अध्ययनमा उत्कृष्ट देशको सूचीमा नेपाल नअटाएपनि काठमाडौं उत्कृष्ट स्टार्टअपमैत्री एकहजार शहरमा ५३७ नम्बरमा पर्न सफल भएको छ । 
तर शहरको सूची स्थान पनि यस वर्ष खस्किएको छ । सन् २०२२ मा ५२९ नम्बरमा रहेको काठमाडौं यस वर्ष खस्कदै ५३७ स्थानमा पुगेको छ । 

स्टार्टअप ब्लिंलकले क्रन्चबेस, युएनडिपी, ब्राइट डाटा, एसईएमरस, मिटअप, स्ट्याटिस्टा, साप डट आईओ फाउन्डरिज लगायकासँगको सहकार्यमा विभिन्न प्यारामिटरमा आधारित रहेर ग्लोबल स्टार्टअप इकोसिस्टम इनडेक्स प्रकाशित गर्दै आएको छ ।

पछिल्लो समय नेपालमा स्टार्टअप कल्चर फस्टाउन थालेका छन् । अहिलेसम्म उनीहरूको आफ्नै बलबुतामा अगाडि बढीरहेका छन् । स्टार्टअप इकोसिस्टम विकासमा सरकार खासै ध्यान दिन सकेको छैन् ।

स्टार्टअप इकोसिस्टम विकास लागि सरकारले स्टार्टअप नीति ल्याउने भनेर केही वर्षदेखि छलफल भइरहेको छ । तर पनि अझै आउन सकेको छैन् । यता मुख्यसचिव डा. वैकुण्ठ अर्यालले भने यस वर्ष स्टार्टअप नीति पारित हुने बताएका छन् ।