कीवर्डहरू -

स्वीकृत गराएर मात्र इन्टरनेटको शुल्क लिन दूरसञ्चार प्राधिकरणको निर्देशन

स्वीकृत गराएर मात्र इन्टरनेटको शुल्क लिन दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको महशुल स्वीकृत गराएर मात्र लागु गर्न निर्देशन दिएको छ । 

केही इन्टरनेट सेवा प्रदायकले स्वीकृत नगराइ आफुखुसी महशुल दर लागु गरेपछि प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको हो । 

प्राधिकरणबाट महसुल दर स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरे पश्चात मात्र इन्टरनेट सेवाको महसुल दर लागू गर्न सम्बन्धित सेवा प्रदायकहरूलाई प्राधिकरणले निर्देशन दिएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क/महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ । 

null