कीवर्डहरू -

भ्यालेन्टाइन्स डेको अवसरमा ब्ल्याक एण्ड डेकरको अफर, सामान खरिद गर्दा आकर्षक छुट पाइने

भ्यालेन्टाइन्स डेको अवसरमा ब्ल्याक एण्ड डेकरको अफर, सामान खरिद गर्दा आकर्षक छुट पाइने

 अमेरिकन ब्रान्ड ब्ल्याक एण्ड डेकरले नजिकै आउँदै गरेको भ्यालेन्टाइन्स डेलाई मध्यनजर गरी गिफ्ट टु शेयर, लभ इन द एयर नामक अभियान अघि सारेको छ। सो अभियान अन्तर्गत ग्राहकले आफू अथवा आफ्नो नजिकको व्यक्तिको लागि ब्ल्याक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् । 

अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक एण्ड डेकरका उत्पादनहरू अत्यन्तै स्टाइलिस, टिकाउ र भरपर्दो भएका हुनाले आफ्नो नजिकको व्यक्तिलाई गिफ्ट दिन अत्यन्त प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाई छ। साथै ब्ल्याक एण्ड डेकरले सामाजिक सञ्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ, जसमा प्रयोगकर्ताले प्रतियोगिता पोस्टमा आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्नेछ र पोस्ट लाइक शेयर गर्नु पर्नेछ र जसमध्ये एक भाग्यशाली बिजेताले ब्ल्याक एण्ड डेकरको कफी मेकर जित्न सक्ने छन्।           

घरायसी कार्यहरूलाई अन्यन्तै सहज बनाउने ब्ल्याक एण्ड डेकरका साना होम एप्लायन्सहरु नेपाली बजारमा सर्वत्र उपलब्ध छ। ब्ल्याक एण्ड डेकरको विशाल प्रोडक्ट रेन्जमा एयर फ्राइर, इलेक्ट्रिक ओभन, टोस्टर ओभन(ओटीजी), इलेक्ट्रिक प्रेसर कूकर, एअर ह्युमिडिफायर, जुसर, ब्लेन्डर, मिक्सर, मिन्सर, भ्याकुम क्लिनर, गार्मेन्ट स्टिमर, स्टिम मोप, ओएफआर हिटर, फ्यान हिटर, कफी मेकर, कित्ली जस्ता थुप्रै एप्लायन्सहरु रहेका छन्। 

ब्ल्याक एण्ड डेकरले आफ्नो सम्पूर्ण उत्पादनहरुमा २४ महिनाको वारेन्टी उपलब्ध गरेको छ भने नेपालभरि आफ्नो ४० वटा भन्दा बढी सर्भिस सेन्टरहरूबाट बिक्री उप्रान्त सेवाहरू छिटो छरितो रूपमा प्रदान गरिरहेको छ।  

नेपाल अधिराज्यभर ब्ल्याक एण्ड डेकर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप रहेको छ। ब्ल्याक एण्ड डेकरका उत्पादनहरू सिजी डिजिटल शोरुम, एलजी शपी शोरुम, फराकिलो विक्रेता सञ्जाल तथा इकमर्श साईट www.cgdigital.com.np का साथै www.daraz.com.np र sastodeal.com मार्फत पनि खरिद गर्न सकिन्छ।