स्मार्टफोनमा धेरै उत्कृष्ट सुविधाहरू उपलब्ध छन्, तर केही मानिसहरूको व्यस्त जीवनशैलीका कारण केही महत्वपूर्ण सुविधाहरूमा पनि ध्यानै नजान सक्छ । तर चिन्ता गर्नुपर्ने कुनै कारण छैन किनभने हामी तपाईंलाई सिकाउँछौं कि आफ्नो स्मार्टफोनबाट डिलिट भएका मोबाइल नम्बरलाई कसरी रिकभर गर्ने ।
यो स्मार्टफोनको युग हो, र कुनै पनि सम्पर्क नम्बर सम्झन आवश्यक पर्दैन् । तर, यदि कुनै प्राविधिक समस्याका कारण सम्पर्क सूचीबाट नम्बर डिलिट हुन्छ भने पनि त्यसलाई सजिलै रिकभर गर्न सकिन्छ ।
जीमेल कन्ट्याक्ट सिंक
धेरै कम मानिसलाई थाहा छ कि कन्ट्याक्ट सूची जीमेलसँग लिंक हुन्छ । जब तपाईं आफ्नो स्मार्टफोनमा कुनै नयाँ फोन नम्बर थप्नुहुन्छ, यो स्वचालित रूपमा गूगल अकाउन्टसँग लिंक हुन्छ ।
यदि तपाईं सम्पर्क सूची सुरक्षित राख्न चाहनुहुन्छ भने तपाईंको जीमेल अकाउन्ट पनि सुरक्षित हुन आवश्यक छ । आफ्नो जीमेल अकाउन्ट सुरक्षित राख्नका लागि, पासवर्ड समय समयमा परिवर्तन गर्नुहोस् र पासवर्डमा विशेष वर्णहरू पनि थप गर्नुहोस् । साथै, दुई–कारक प्रमाणीकरण (डबल फ्याक्टर अथेन्टिकेसन) पनि अनिवार्य रूपमा अन गर्नुहोस् ।
डिलिट भएको फोन नम्बर कसरी रिकभर गर्ने?
जब कुनै सम्पर्क डिलिट हुन्छ, यो सिधै रिसाइकल बिनमा जान्छ, जसलाई प्रयोगकर्ताले सजिलै रिकभर गर्न सक्छन् ।
यसका लागि आफ्नो जीमेल अकाउन्टमा लगइन गर्नुहोस् र यहाँ ‘कन्ट्याक्ट’ सेक्सनमा जानुहोस् ।
अब बायाँपट्टि देखिएको मैनुमा टच गरी ‘मोर’ को अप्शन रोज्नुहोस् ।
त्यसपछि ‘अण्डु चेन्जेज’ सेक्सन छान्नुहोस् । ‘अण्डु चेन्जेज’ सेक्सनमा तपाईंले भर्खरै डिलिट भएका फोन नम्बरलाई रिकभर गर्ने अप्शन पाउनुहुनेछ । त्यसपछि ‘रिस्टोर’ अप्शन छान्नुहोस् । यसो गर्दा तपाईंले डिलिट भएका सम्पर्कलाई पुनः प्राप्त गर्न सक्नुहुनेछ ।