कीवर्डहरू -

विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापक बढेको छः प्रधानमन्त्री

विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापक बढेको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापकरूपमा बढेको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले नियमित विद्युत् आपूर्तिसँगै विद्युतीय सवारी साधन र विद्युतीय चुल्होको प्रयोग व्यापकरूपमा बढेको छ र पेट्रोल, डिजेल र ग्यासको आयातमा उल्लेख्य गिरावट आएको बताएका हुन् । 

विद्युत् खपत वृद्धि गरी आयात प्रतिस्थापन गर्ने र बढी भएको विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने कार्यबाट नेपालको व्यापार घाटा शून्यमा झर्ने सम्भावना रहेको उनको भनाइ छ ।