महालक्ष्मी विकास बैंकले भिसा थ्रीडी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम डलर तथा एनपीआर कार्डहरुमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन नयाँ सुविधा ल्याइएको हो ।
यस सुविधा थप गरे सँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुने बैंकले जानकारी दिएको छ । जसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिनेछ भने प्रत्येक कारोबार समेत प्रमाणीकरण हुने बैंकले जनाएको छ ।
बैंकका अनुसार ३डी सुविधा थप गर्दा हुने फाइदा