कीवर्डहरू -

बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेकमा के के छन् अफर ?

बिहीबारदेखि सुरू भएको एस पावर क्यान इन्फोटेकमा के के छन् अफर ?

बिहीबारदेखि काठमाडौंमा भृकुटिमण्डपमा एस पावर क्यान इन्फोटेक सुरू भएको छ । पाँच दिनसम्म चल्ने मेलामा सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धि हार्डवेयर, सफ्टवेयर, स्टार्टअप, शैक्षिक संस्था , प्रडक्ट, सोलुसनसँग सम्बन्धि स्टलहरू रहेका छन् । 

इन्फोटेकमा विभिन्न कम्पनीहरूले सेवा तथा प्रडक्ट खरिदमा विभिन्न छुट दिइरहेका छन् । ईसेवाले इसेवा केयर प्याकेज लिदा २५ रूपैयाँ छुट र डेटा प्याक खरिदमा १० प्रतिशतसम्म छुट दिइरहेको छ । 

डिशहोम फाइबरनेटले मेस राउटर खरिदमा ८० प्रतिशतसम्म छुट दिएको छ भने नन स्मार्ट टिभीलाई स्मार्ट टिभीमा रूपान्तरण गर्ने ८ हजार पर्ने फोरके स्ट्रिमर २५०० रूपैयाँमा उपलब्ध गराइरहेको छ । 

आईटी कम्पनी इन्फोडेभलपर्सले बैंक तथा वित्तीय संस्थाका लागि सफ्टवेयर खरिदमा ७५ प्रतिशतसम्म छुट प्रदान गरिरहेको छ । 

त्यसैगरी कारोबार एपको प्रो सब्सक्रिप्सन खरिदमा ४० प्रतिशत छुट र सीजी डिजिटलका सामान खरिदमा ३० प्रतिशतसम्म छुटको सुविधा रहेको छ । 

त्यस्तै टुलिप्स टेक्नोलोजिजले एचआर सिस्टमको फुल प्याकेज खरिदमा एटेन्डेन्स डिभाइस निःशुल्क तथा एटेन्डेन्स, लिभ, पेरोल र एचआर सिस्टम खरिदमा निःशुल्क मोबाइल एप प्रदान गरिरहेको छ । 

विभिन्न आईटी ट्रेनिङ सेन्टरले कोर्षमा छुटको व्यवस्था छ । यस बाहेक कम्प्युटर, एक्सेसरिज लगायतका इन्फोटेकमा रहेका स्टलबाट सेवा तथा वस्तु खरिद गर्दा विभिन्न अफरहरु उपलब्ध रहेका छन् ।  

पाँच दिनसम्म चल्ने क्यान इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई १०० र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क तोकिएको छ । टिकट इसेवाबाट खरिद गर्न सकिने छ ।