मोबाइल डो डम्प प्रविधिमार्फत बोलीवुड अभिनेता सैफ अली खानमाथि आक्रमण गर्ने आक्रमणकारीको तस्बिर सार्वजनिक भएको छ । आक्रमण्कारीको पहिचान सीसीटीभी फुटेजको आधारमा गरिएको हो ।
प्रहरीले आरोपीको पहिचान गर्न मोबाइल डेटा डम्प प्रविधिको सहारा लिएको छ । यस्तो अवस्थामा प्रश्न उठ्छ कि आखिर डेटा डम्प के हो र यसले कसरी आरोपीको पहिचान गर्छ? यहाँ यसबारे चर्चा गरौँ ।
डेटा डम्प के हो?
डेटा डम्पलाई मोबाइल फोन डम्प वा सेलफोन डम्पको नामले पनि चिनिन्छ । यसको माध्यमबाट कुनै पनि व्यक्तिको डेटा निकाल्न सकिन्छ । यसमा कल लग, टेक्स्ट मेसेज, इमेल, फोटो, भिडियो, एप्लिकेशन डेटा, ब्राउजिङ इतिहास जस्ता धेरै जानकारी समेटिएको हुन्छ । सामान्यतया यो प्रक्रिया अनुसन्धान एजेन्सीहरू वा प्रहरीले अपराधीको अनुसन्धान गर्न आवश्यक परेको समयमा गरिन्छ ।
यस प्रक्रियामा, प्रहरीले सर्वप्रथम नेटवर्कको बारेमा पत्ता लगाउँछ, जसबाट थाहा हुन्छ कि निश्चित व्यक्ति कुन नेटवर्क क्षेत्रभित्र थियो । यो फोनमा रहेको लोकेशन फिचरको माध्यमबाट सम्भव हुन्छ । यसमा सेल टावरहरूको भूमिका महत्त्वपूर्ण रहन्छ । स्मार्टफोनको माध्यमबाट हामीले जुनसुकै कुरा एक्सेस गरिरहेका हुन्छौं, त्यसको सबै डेटा सेल टावरमा सुरक्षित रहन्छ । चाहे प्रयोगकर्ताले त्यो डेटा डिलिट नै किन नगरेको होस् ।
फोन डम्प डेटा निकाल्नका लागि डिजिटल एभिडेन्स म्यानेजमेन्ट सिस्टम (डिईएमएस)को पनि प्रयोग गरिन्छ । डिईएमएस भनेको एउटा यस्तो प्रणाली हो, जसले डिजिटल प्रमाणलाई व्यवस्थित र सुरक्षित राख्न मद्दत गर्छ । तर, यो डेटा निकाल्नका लागि अनुसन्धान एजेन्सीहरूले आवश्यक प्रक्रिया पूरा गर्नुपर्छ । साथै, धेरै डेटा टेलिकम कम्पनीहरूकै नियन्त्रणमा रहन्छ ।
के हो घटना?
सैफ अली खानमाथि १६ जनवरीको राति २ बजे घातक हमला भएको थियो । मुम्बईको बान्द्रा क्षेत्रमा रहेको अभिनेता सैफको घरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेका थिए, जसका कारण सैफ गम्भीर घाइते भएका छन् ।
घटनामा सैफ अली खानका शरीरका ६ वटा विभिन्न भागमा चक्कु लागेको छ । उनको घाँटी, हात र ढाडमा गहिरो घाउ भएको छ । डाक्टरहरूका अनुसार सर्जरीको क्रममा उनको मेरुदण्डबाट २.५ इन्चको चक्कुको टुक्रा निकालिएको छ । हाल उनी आईसीयूमा छन् र उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।