कीवर्डहरू -

वर्ल्डलिंकको ‘स्मार्ट कम्बो डिल’ अफर, स्मार्टवाच र एयरडप्स खरिदमा ग्राहकलाई ५० प्रतिशतसम्म छुट

वर्ल्डलिंकको ‘स्मार्ट कम्बो डिल’ अफर, स्मार्टवाच र एयरडप्स खरिदमा ग्राहकलाई ५० प्रतिशतसम्म छुट

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिल नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ ।

यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । ४ हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २ हजार २४९ रुपैयाँमा र ३ हजार २९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १ हजार ६९९ रुपैयाँमै  यस अफर अन्तर्गत पाउन सकिनेछ ।

यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निःशुल्क पाउनेछन । 

यो अफर पाउनकालागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जानुपर्नेछ । थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गरी बुझ्न सकिनेछ  वा  वर्ल्डलिंकको अनलाईन सपोर्टबाट वा नजिकैको शाखा कार्यालयमा गएर बुझ्न सकिनेछ । यो अफर सिमित अबधिको लागि लागु हुने कम्पनीले जनाएको छ ।