कीवर्डहरू -

युट्युबरले बनाए विश्वकै सबैभन्दा ठूलो आईफोन, कस्तो छ र के के काम गर्न सक्छ ?

युट्युबरले बनाए विश्वकै सबैभन्दा ठूलो आईफोन, कस्तो छ र के के काम गर्न सक्छ ?
Screenshot from MrWhoseTheBoss

युट्युबरले विश्वकै सबैभन्दा ठूलो आईफोन निर्माण गरेका छन् । युट्युबर अरुण मैनीले पूर्ण रूपमा काम गर्न सक्ने विश्वकै सबैभन्दा ठूलो आईफोन १५ प्रो म्याक्स निर्माण गरेका हुन् । 

ग्याजेट बनाउने विज्ञ DIYPerks (Matthew Perks) सँगको सहकार्यमा लोकप्रिय टेक समिक्षक Mrwhosetheboss (अरूण मैनी) ले बनाएको सबैभन्दा ठूलो आईफोनले गिनिज वर्ल्ड रेकर्ड (विश्व कीर्तिमानी) समेत राखेको छ । 

पहिले कहिल्यै नगरिएको कुरालाई बाहिर निकालेकोमा आफ्नो टोली र म्याट दुवैप्रति गौरव गरेको मैनीले बताएका छन् । आईफोन १५ प्रो म्याक्सको रेप्लिकाको उचाइ ६.७४ फिट रहेको छ । फोनको टच स्क्रिन, क्यामेरा, फ्ल्याश लाइट, चार्जिङ लगायतले राम्रोसँग काम गर्ने गरेको छ । 

मैनीका अनुसार आईफनमा २४ कोरको इन्टेल आई नाइन प्रोसेसर राखिएको छ । १२८ जीबी र्‍याम रहेको फोनमा डेडिकेटेड एमएमडी ग्राफिक्स कार्ड रहेको छ । 

यसलाई विन्डोज र एन्ड्रोइड अपरेटिङ सिस्टममा समेत स्वीच गर्न सकिने छ । फोनमा २ वटा वाटर कुलिङ सिस्टम पनि रहेको छ । 

क्यामेराको कुरा गर्दा आईफोन १५ प्रो म्याक्स रेप्लिकामा क्यानन ईओएस आर फाइभ प्रयोग गरिएको छ, जुन हालको आईफोनको भन्दा सेन्सर साइज १ हजार प्रतिशत बढी हो । 

यससँग ८के क्वालिटीको भिडियो खिच्न सक्ने क्षमता रहेको छ । फोनमा जुम क्यामेरा सिस्टम समेत उपलब्ध छ, जसले २५ एक्स अप्टिकल र १०० एक्स डिजिटल जुम गर्न सक्ने छ ।

 टचस्क्रीन डिस्प्लेका लागि ८८ इन्चको ओएलईडी टिभी प्रयोग गरिएको छ भने शक्तिशाली आवाजका लागि कस्टम स्पीकर समेत रहेको छ । 

फोनबाट, इमेल कल गर्न, भुक्तानी गर्न, भिडियो हेर्न, आलर्म राख्न लगायत सामान्य फोन जस्तै काम गर्न सकिने छ ।