कीवर्डहरू -

अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न सकिने

अब सबै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङबाट नेपाल पे क्युआर स्क्यान गर्न सकिने

अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ एपबाट नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न भएका हुन् । 

त्यसैगरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपाल पे क्युआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ । नेपाल पे क्युआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्युआर स्क्यान गर्ने अप्सनमा गई नेपाल पेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । 

यसमा अन्तरआबद्धता कायम गर्न भएको उपलब्धीलाई कम्पनीले एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिएको छ । साथै यसबाट क्युआर भुक्तानीमा वृद्धि हुने पनि अपेक्षा कम्पनीको छ ।