कीवर्डहरू -

अटो

नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक, कति छ मूल्य ? 

नेपालमै बनेको पहिलो विद्युतीय (इलेक्ट्रीक) बाईक यात्री सार्वजनिक भएको छ । शुक्रबार यात्री मोटरसाइकलले आफ्ना २ मोडेल सार्वजनिक गरेको हो ।

कम्पनीले विकास गरेको यात्री इलेक्ट्रीक बाईकका दुई मोडल पी जेरो र पी वानको प्रि बुकिङ्ग शुरु भएको छ । यात्री मोटरसाइकलको वेबसाइट बाट यी मोटरसाइकलको प्रि-बुकिङ गर्न सकिने छ ।

यात्री पी जिरो माटरसाइकल केवल २.५ सेकेन्डमा नै शुन्यदेखि ६० किलोमिटरको स्पीड भेटाउन सकिने छ । यसको उच्चगति क्षमता भने १४० किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा इलेक्ट्रिक मोटरले ६४ पीएस पावर र १२० एनएम टर्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पी जिरो मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री प्रयोग गरिएको छ । जसलाई दुई घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

कम्पनीले पी जिरो मोडलमा ७ इन्चको टिएफटी डिस्प्ले दिएको छ । पहिलो मोडलमा फोरजी सपोर्ट, किलेस स्टार्ट, नेभिगेशन जस्ता फिचरहरु रहेका छन् ।

अगाडि ३२० एमएम डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक रहेको छ । यात्री पि जिरोको बजार मूल्य १९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

त्यसैगरी यात्री पि वानको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । चेन ड्राइभ सिस्टममा तयार भएको पी वानमा १७ इन्चको टायर प्रयोग गरिएको छ । यात्री पी वान बाईकको मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

अटो

थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने विद्युतीय गाडी बनाउँदै विद्यार्थीहरू

थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले इभी अर्थात् इलेक्ट्रिकल भेइ…

फोर्डका गाडीमा अब एन्ड्रोइड अपरेटिङ सिस्टम जडान गरिने  

फोर्ड र गुगलबीच रणनीतिक साझेदारी भएको छ । फोर्ड र गूगलले सन् २०२३ देखि फोर्ड तथा …

थर्ड ह्विलले बेच्न थाल्यो इलेक्ट्रिक स्कुटर, २५ हजार सम्म छुटको सुविधा

काठमाडौं । थर्ड ह्विलले नेपाली बजारमा दुई नयाँ इलेक्ट्रिक स्कुटर उपलब्ध गराउन थालेक…

‘बजाज डोमिनार २५०’ नेपालमा सार्वजनिक, कति होला मूल्य ?

बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हन्सराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज डोमिनार २…

नयाँ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा

टेल्जी लियोपार्ड इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध भएको छ । टेल्जी स्कुटर तथा जि…

लबिम मलमा हुने क्रिसमसमा सहकार्य गर्दै फोर्ड, टेष्ट ड्राइभका साथै उपहार जित्न सक्ने

जीओ अटोमोवाइल्स प्रालि (जीओ) फोर्ड गाडीको नेपालको लागि आधिकारिक विक्रेताले हालै फ…

फोर्ड इकोस्पोर्ट २०२१ संस्करणकको बुकिङ खुल्ला

जीओ अटोमोबाईल्स प्रालि (जीओ फोर्ड) फोर्ड गाडीको लागि नेपालको आधिकारिक विक्रेताले न…

विद्युतीय सवारीसाधनको जाँच उपकरणबाट गरिने

नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहँदा भेहिकल फिटनेस टेस्ट सेन्टर (भिए…

नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’ आउँदै, ४० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुने

निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाध…

दीगोको स्वर्ण उत्सव अफर, हरेक खरिदमा चार तोलासम्म सुन र अरु थुप्रै उपहार

दीगोले दीगो ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्ने प्रत्येक ग्राहकका लागि दसैं अफर ‘दीगो स्वर्ण उत्सव’ सार्वजनिक गरक…

फोर्डको ईकोस्पोर्ट पावर च्यालेन्ज

जीओ अटोमोबाईल्स प्रालि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको …

विद्युतीय सवारीसाधन र इन्धनबाट चल्ने सवारीसाधनबीचका मुख्य भिन्नताहरू

बाहिरबाट हेर्दा विद्युतीय सवारीसाधनहरू, इन्धन (पेट्रोलियम पदार्थक)बाट चल्ने सवारीसाधनजस्तै देखिन्छन् । यत्ति हो कि विद्…

निसानको धमाकेदार दशैं, तिहार तथा छठ अफर, २० लाख रुपैयाँ नगद छुटका साथै अन्य आकर्षक अफर

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अ…

टि भि एसले नेपालमै प्रथम पटक लाईभ स्मार्ट लन्चमार्फत मोटरसाइकल सार्वजनिक गर्दै

अन्तराष्ट्रिय अटोमोबाइल कम्पनी टिभिएस् मोटरको २ र ३ चक्के सवारिको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि अगस्ट १७, २०२०  अर्थात २०७७ भाद्र १ सोमब…

निसानका गाडी खरिद गर्दा ६ महिनासम्मको इएमआई र ब्याज कम्पनीले व्यहोर्ने

निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले यस बन्दाबन्दीको अवस्थालाई मध्यनजर …