डिजिटल पेमेन्ट
१७औं वर्षमा प्रवेश गर्यो डिजिटल वालेट इसेवा
नेपालको पहिलो डिजिटल वालेट इसेवा १६ वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरू भएको थियो ।
डिजिटल भुक्तानीको क्षेत्रमा इसेवा ‘पर्यावाची’ शब्द जस्तै बनेको छ । भुक्तानीको शैलि परिवर्तन गरेको छ ।इसेवाले देखेको नगदरहित अर्थतन्त्रको परिकल्पनामा साकार हुँदै गइरहेको छ तर पनि काम गर्नुपर्ने अझै धेरै छन् ।
इसेवा एफ्वान सफ्ट ग्रुप अन्तर्गत सञ्चालित कम्पनी हो । ईसेवा सुरू हुँदा नेपालमा मात्र नभएर दक्षिण एशियामा पहिलो मोबाइल वालेट थियो ।
सन् २००० को सुरूतिर व्यवसायहरु विश्वव्यापी रुपमा अनलाइनमा गइरहेका थिए, जबकी नेपालमा यसको असर एकदमै कम थियो । त्यो समयमा डेबिट क्रेडिट कार्ड मात्रै वैकल्पिक भुक्तानीका माध्यम थिए ।
कम्पनी खासै नाफामा नगएपछि एफ्टवान सफ्टले नयाँ नयाँ अवसरहरू खोजी गर्न थाल्यो । त्यो अवसर खोतल्दै जाँदा ‘फिनटेक’ क्षेत्रमा काम गर्ने योजना बनाए ।
त्यसपछि एफ्वान सफ्टले नेपालमा सन् २००६ मा एसएमएस बैंकिङ सेवा सार्वजनिक गर्यो । एसएमएस बैंकिङ सेवा ग्राहकले मनपराईदिए । सो समयमा नेपालमा मोबाइल फोन लोकप्रिय र सस्तो हुँदै गईरहेको थियो । कम्पनीले ग्राहकलाई बैंकिङ कारोबारको बारेमा जानकारी दिन र सचेत गराउन प्राथमिक च्यानलको रुपमा एसएमएस प्रयोग गरिरहेको थियो ।
यसले ग्राकहमा एउटा विश्वास र सुरक्षाको वातावरण तयार गर्यो । त्यो समयमा कुल जनसंख्याको २० प्रतिशत भन्दा कम जनसंख्यासँग मात्र बैंक खाता रहेको थियो ।
बैंक खाताबाटै धेरै काम गर्न सकिन्छ भन्ने कुरा बुझेपछि नेपालमा मोबाइल वालेट शुरु गर्ने योजना कम्पनीको बन्यो । इसेवा शुरू गर्ने योजना उनीहरूलाई सन् २००६ मै आएको थियो ।
कम्पनीले नेपालमा मोबाइल वालेट शुरु गरेको बेलामा नेपालका केही कम्पनीहरु अनलाइनमा जान प्रयास गरिरहेका थिए । जब ईसेवा शुरु भयो त्यो समयमा नेपालमा इन्टरनेट पेनिटेरेसन एकदमै कम थियो । भने बैंकिङ सेवा पनि सिमित मात्रामा थियो ।
यस्तो अवस्थामा ईसेवाले ईकमर्स व्यवसाय वृद्धिका लागि अनलाइन पेमेन्ट मेकानिजम प्रदान गरेर महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसपछि ईसेवाले पेमेन्ट गेटवे महसुस गर्यो र वेब तथा मोबाइलमा आधारित एप्लिकेसन ईसेवाको विकास गर्यो ।
नेपालमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न ईसेवाको ठूलो भूमिका रहेको छ । जुन बेला नेपालमा नेपालमा डिजिटल भुक्तानीको बारेमा सायद कमैलाई मात्र थाहा थियो, त्यसबेला ईसेवाको शुरु भएको थियो । आज इसेवाले कोरेको बाटोमा २ दर्जन बढी भुक्तानी सेवा प्रदायक बजारमा आएका छन् ।
इसेवाले मात्रै ४५० बढीलाई रोजगारी प्रदान गरेको छ । इसेवाबाट विभिन्न प्रकारका डिजिटल भुक्तानी गर्न पाइनुका साथै ऋण समेत लिन सकिन्छ ।
डिजिटल पेमेन्ट
इसेवाले भन्यो: ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित छ, भ्रामक समाचारको विश्वास नगर्नुहोस्
इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरूको विश्वास नगर्न इसेवाले अनुरोध …
नमस्ते पेबाट उडान टिकट खरिदमा क्यासब्याकका साथै हरेक महिना आकर्षक उपहार
नमस्ते पेमार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्य का साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ । यो अफर पौष १ २०८१ देखि…
इसेवा महाउत्सव बम्पर उपहार विजेता घोषणा, रवि बम्जनले जिते नामी कार
इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा…
डिजिटल वालेटले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने, आधिकारिक प्रतिनिधि राख्नुपर्ने
भुक्तानी सेवा प्रदायकहरूले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डिजिटल वालेटले एजेन्टमार्फत कारोबा…
इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिक…
एनसीएचएलको डेपुटी सीईओमा नीरज मान सैंजु नियुक्त
नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डेपुटी सीईओमा नियुक्त भएका छन् । उनले आइतबारदेखि कार्यभ…
आईपीओ ल्याउने तयारीमा मोरू डिजिटल वालेट
नेपालमा डिजिटल भुक्तानीको ब्रान्ड मोरू डिजिटल वालेटले आफ्नो शेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी थालेको छ। फिनटेक क्षेत्रमा …
आईएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
डिजिटल वालेट आइएमई पेले 'बैंक लिङ्क गरौँ, मोबाईल जितौँ' नामक योजना सार्वजनिक गरेको छ।
आईएमई पेबाटै आईईएलटीएस परीक्षाको शुल्क तिर्न सकिने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।&…
नेपालपे क्यूआर र अलिपे प्लसबीच क्रस बोर्डर भुक्तानी सम्झौता
नेपालपे क्यूआर र अलिपे प्लस बीच क्रस–बोर्डर भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सिंगापुर फिनटेक फेस्टिभल २०२४ मा नेपाल…
दशैँ र तिहारमा दैनिक ३० पटकसम्म डिजिटल वालेटमा पैसा जम्मा गर्न सकिने
नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठ पर्वका लागि डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी प्…
जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीबाट टिकट काट्न सकिने
खल्तीले ‘जुबिन नौटियाल लाइभ ईन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकटिङ खुल्ला गरेको छ ।<…
साङ्गीतिक रियालिटी शो सारेगमप लिल च्याम्प्स २ को भोटिङ पार्टनरमा खल्ती
सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर खल्ती बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफू…
नमस्ते पेको अध्यक्षमा रीना डंगोल नियुक्त
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त हुनु भएकी छन् । २०८१ भदौ ३० गते बसेको बोर्ड बैठकले नमस्ते प…
सिटी वालेटको विशेष अफर, ७०० रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्ने अवसर
सिटी वालेटले दसैँ, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । नेपालको सबैभन्दा कान्छो वालेट कम्पनीको रूपमा …