कीवर्डहरू -

डिजिटल पेमेन्ट

सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्ड सुरू, १४ लाख बढी फोनपे मर्चेन्टमा भुक्तानी गर्न सकिने

सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड स्किम हो । 

यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी अनुभव प्रदान गर्दै आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा प्रदान गर्नेछ । 

भर्चुअल कार्ड सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै पाउन सकिने छ । कार्डबाट १४ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न सकिने भने आफ्नो खर्चहरू समेत ट्र्याक गर्न सजिलो हुने जनाइएको छ । 

४५ दिनसम्म बिना ब्याज क्रेडिट सुविधा समेत सिटिजन्स फोनपे भर्चुअल कार्डमा पाइने छ । कार्ड सुरूवात गरेको अवसरमा सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५० प्रतिशत (१ हजार रूपैयाँ) सम्मको रकमको क्यासब्याक अफर समेत ल्याएको छ ।

यो अफर २०८१ भदौ २७ बाट सुरु हुनेछ र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि सिमित अवधिसम्म उपलब्ध हुनेछ । यस अफरले ग्राहकहरूलाई सिटिजन्स फोनपे क्रेडिट कार्डको सुविधाहरू अनुभव गर्न ठूलो अवसर प्रदान गर्नेछ ।

सिटिजन्स बैंकका सिइओ गणेश राज पोखरेलले फोनपे सँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा निकै उत्साहित रहेको बताए ।

‘नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा खुसी छौं । कार्डबाट फोनपे मर्चेन्टहरूमा स्क्यान र पेमेन्ट गरी प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘यो कदमले हाम्रा ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ ।’ 

यस्तै फोनपेका सिइओ दिवस कुमारले नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गरेको बताउँदै कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिने जानकारी दिए । 

‘नेपालमा क्रेडिट कार्डको प्रयोग २ प्रतिशत भन्दा कम भएको अवस्थामा, हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरूसम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्याएका छौं,’ उनले भने, ‘यो केवल नयाँ सेवाको  सुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्ने प्रयास हो ।’

के हो फोनपे भर्चुअल कार्ड ? 

फोनपे भर्चुअल कार्ड स्किम पूर्ण रूपमा डिजिटल कार्ड समाधान हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो क्रेडिट कार्ड कार्य-क्षमतामा सजिलो, लचकता र नियन्त्रण प्रदान गर्नेछ ।

यस कार्ड स्किमले फोनपे नेटवर्कमा क्यूआर भुक्तानी, अनलाइन वा इ-कमर्स भुक्तानीहरू, र सहज ईएमआई कन्भर्जन जस्ता सुविधाहरू दिनेछ फोनले जनाएको छ ।

फोनपे क्रेडिट कार्डले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै सजिलै कार्ड सुरू गर्न र प्रयोग गर्न अवसर दिनेछ ।

यसमा ग्राहकले कार्ड व्यवस्थापन, लिमिट कन्ट्रोल र स्टेटमेन्ट डेलिभरीजस्ता उन्नत सुविधाहरूको पूर्ण फाइदा लिन सक्छन्, जसले ग्राहकहरुलाई आफ्नो कार्डमा सम्पूर्ण नियन्त्रण दिएको छ ।

डिजिटल पेमेन्ट

व्यवसायिक खाता र व्यक्तिगत खाताको लागि अब इसेवा एप प्रयोग गरे पुग्ने

अब इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यवसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्ने भएका छन् । 

ईसेवाले सुरू गर्‍यो इजी लोन, अब क्षण भरमै बिना धितो २ लाखसम्म कर्जा पाइने

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण …

मोरू डिजिटल वालेटको संचालकमा ऋषिराम अधिकारी नियुक्त, छिट्टै आईपीओ ल्याउने तयारी

मोरु डिजिटल वालेटको संचालकमा ऋषिराम अधिकारी नियुक्त भएका छन् । पे नेप प्रालिले संचालन गर्दै आइरहेको मोरु डिजिटल वालेटको&nbs…

प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पुरा गर्ने पहिलो डिजिटल वालेट बन्यो इसेवा

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको मोबाइल एप गुगल प्ले स्टोरमा १ करोड (१० मिलियन) भन्दा बढी डाउनलोड पूरा भएको छ । य…

आईएमई पेले पायो सुरक्षित वालेटको प्रमाणपत्र

डिजिटल वालेट आईएमई पेले सिसा पिसिआई डीएसएस ४.०  प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो प…

गूगल प्ले स्टोरबाट ईसेवा एप कसरी गायब भयो ? यस्तो छ कारण

विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनको लागि नयाँ नीति जारी गरेको छ । उक्त नीति अनुरूप डेभ…

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अनुरोध

डिजिटल वालेट इसेवाले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

तेस्रो संस्करणको खल्तीको द बिगेस्ट पेमेन्ट जात्रा सम्पन्न, १० लाख भन्दा बढी सहभागी

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो स…

फोनपे डाइरेक्टबाट पैसा तिर्दा आईफोन १५ जित्न सकिने

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपेले नयाँ अभियान ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ’ को घोषणा ग…

फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, अब अनलाइनबाटै सापटी भुक्तानी गर्न सकिने

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच एपीआई आधारित होस्ट-टु-होस्ट (H2H) भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भए…

आई स्मार्ट एपमा आबद्ध २०० बढी सहकारीहरूबाट अब सजिलै नमस्ते पेमा पैसा लोड गर्न सकिने

आई स्मार्ट प्लेटफर्मका प्रयोगकर्ताहरूले अब प्लेटफर्मसँग जोडिएका २०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत आफ्नो आवश्यकता अनुसार नमस्ते पे…

डिजिटल वालेटबाट कारोबार गर्न साउन १ देखि केवाईसी भेरिफाई अनिवार्य, नत्र अकाउन्ट नचल्ने

नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवा, खल्ती,…

इसेवाबाट कसरी गर्ने मेरो सेयर र डिम्याट खाता नवीकरण ?

हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । यदी तपाई घरमै बसेर मेरो सेयर र डिम्याट खाता नवीकरण गर्न चा…

एनआईसी एशिया बैंकले सुरू गर्‍यो मास्टरकार्ड जारी सेवा

एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड जारी सेवा शुभारम्भ गरेको छ । आइतबार पोखरामा …

डिजिटल वालेट प्रयोगकर्ताहरूले कारोबारका लागि अब अनिवार्य रूपमा केवाईसी भेरिफाई गर्नुपर्ने

आगामी साउन १ गतेदेखि डिजिटल वालेट प्रयोगकर्ताहरूले अनिवार्य रूपमा केवाईसी प्रमाणीत गर्नुपर्ने भएको छ ।