कीवर्डहरू -

डिजिटल पेमेन्ट

नेपालमा कार्यरत भारतीयले अब क्युआरबाटै भारतको व्यक्तिगत बैंक खातामा पैसा पठाउन सक्ने

नेपालमा कार्यरत भारतीयले अब नेपाली बैंक खाताबाट भारतमा खोलिएको आफ्नो व्यक्तिगत खातामा प्रतिमहिना १ लाख भारू जम्मा गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत परिपत्र जारी गर्दै अन्तरदेशीय कारोबारलाई सहज बनाएको हो । 

नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ (इ–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्विक रेस्पोन्स कोडमार्फत् राष्ट्रिय भुक्तानी स्वीच सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्वीचको माध्यमबाट कारोबार गर्न पाउने छन् । 

रिटेल पेमेन्ट स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रतिदिन १५ हजार भारु र प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिकबापत् सटही सुविधा उपलब्ध हुनेछ ।

भारतीय रुपैयाँको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आवद्ध क्युआर कोड लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) मार्फत भारत र भुटानमा भुक्तानी (मर्चेन्ट पेमेन्ट) हुने गरी समेत उपलब्ध गराउन सकिनेछ । 

यसरी सटही सुविधा उपलब्ध गराउँदा राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्वीच(RPS) को माध्यमबाट प्रदान गर्नु पर्नेछ । 

यस्तै नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आवद्ध विद्युतीय बैंकिङ्ग (इ-बैंकिङ्ग), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ्ग, क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्वीच  पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्वीच(RPS) को माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा प्राप्त हुने गरी विप्रेषण रकम (Personal Payment/P-to-P Transfers) भित्र्याउनु पर्नेछ ।

यस्तो विप्रेषण रकम विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र नलिएका प्रचलित कानूनबमोजिम यस बैंकबाट बैंकिङ्ग कारोबार गर्न इजाजतपत्रप्राप्त वित्तीय संस्था र यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकसँग सञ्चालन रहेको खाता/वालेटमा जम्मा हुने गरी समेत प्राप्त गर्न सकिनेछ । तर, यस्तो वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले नेपाली सेटलमेन्ट बैंकमार्फत नेपाली रुपैयाँमा मात्र रकम प्राप्त गर्न सक्नेछन् ।

नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा विक्री गरेबापतको परिवर्त्य विदेशी मुद्रा नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी (मर्चेन्ट पेमेन्ट) विदेशमा जारी भएको भुक्तानीका उपकरणबाट क्युआर कोड लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) मार्फत समेत स्वीकार गर्न सकिनेछ । 

यस्तो कारोबार गर्दा राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्वीचको माध्यमबाट स्वीकार गर्नु पर्नेछ । यस्तो कारोबारको भुक्तानी विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र नलिएका प्रचलित कानुनबमोजिम यस बैंकबाट बैंकिङ्ग कारोबार गर्न इजाजतपत्रप्राप्त वित्तीय संस्था र यस बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकको खाता/वालेटमा समेत प्राप्त गर्न सकिनेछ । 

तर, यस्तो वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकले नेपाली सेटलमेन्ट बैंकमार्फत परिवर्त्य विदेशी मुद्रा प्राप्त नगरी नेपाली रुपैयाँ मात्र प्राप्त गर्न सक्नेछन् ।

यस्तो कारोबारमा निहित रहने सम्पूर्ण जोखिमहरु र सोका निराकरण/न्यूनीकरणका उपायहरु सम्बन्धित बैंक-वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक आफैले विश्लेषण तथा व्यवस्थापन गर्नु पर्नेछ । 

डिजिटल पेमेन्ट

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २ सय ४६ औं संञ्चालक समितिको बैठकबाट उनलाई सर्व&nda…

इसेवाबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा दुबई घुम्ने मौका

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ…

फोनपेले ल्यायो भ्वाइस नोटिफिकेशन सुविधा, क्युआर भुक्तानीको जानकारी अब आवाजबाटै पाइने

फोनपेले भ्वाइस नोटिफिकेशन सेवा सुरू गरेको छ । फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा …

मोरू डिजिटल वालेटको अध्यक्षमा बिनिल केसी नियुक्त

मोरू डिजिटल वालेट (पे नेप प्रा लि) को अध्यक्षमा बिनिल केसी नियुक्त भएका छन् । उनले शुक्रबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली…

इसेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आबद्ध

खेल क्षेत्र तथा खेलाडीहरूलाई प्रोत्साहन गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स…

व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने

व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था गरि…

मर्चेन्टलाई पैसा तिर्न अब हरेक पटक क्युआर स्क्यान गर्नु नपर्ने, मोरूमा आयो रिपिट पेमेन्ट फिचर

मोरू डिजिटल वालेटले फोनपे क्युआरमा आधारित रिपिट क्युआर भुक्तानी सुविधा उपलब्ध भएको छ । 

कनेक्ट आईपीएसबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ४० हजारसम्म क्यासब्याकको अफर

कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्ने ग्राहकका लागि अफर सार्वजनिक गरिएको छ ।

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, पल्सर बाईकदेखि आईफोन १५ सम्म जित्ने अवसर

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण …

आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग अन्तरआवद्धता गरिने

सरकारले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग अन्तरआवद्धता गर्ने भएको छ ।

निर्देशनको परिपालना नगरेपछि भुक्तानी सेवा प्रदायक ई-नेट पेमेन्ट प्रालिको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले ई-नेट पेमेन्ट प्रालिको अनुमतिपत्र खारेज गरेको छ । निर्देशनको परिपालना नगरेपछि राष्ट्र बैंकले लाइसेन्स खारेज…

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने

सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।

इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे हुने भएको छ । यसका लागि सोमबार इन्ड्राइभ नेपालकी निर्देशक …

क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउँदै मोरू

मोरू डिजिटल वालेटले क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउने घोषणा गरेको छ । 

एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्न सकिने सुविधा ल्याउँदै फोनपे

अब फोनपेले एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्ने फिचर ल्याउने भएको छ । आउने महिनाभित्रै इन्टर वालेट ट्रान्सफर सुविधा …