कीवर्डहरू -

डिजिटल पेमेन्ट

मह जोडीको ‘मह जात्रा’ प्रहसन, खल्तीबाटै टिकट बुकिङ गर्न सकिने

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सुश्री मिडियासँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक प्रहसनको टिकटिङ पार्टनरको रूपमा सम्झौता गरेको छ । यस प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका (हरि वंश आचार्य) का साथै विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।

‘मह जात्रा’ नेपाल प्रज्ञा प्रतिस्थान, कमलादीमा कार्त्तिक २९ देखि प्रदर्शन हुनेछ । खल्ती प्रयोगकर्ताहरूले यस हास्यव्यङ्ग्य प्रहसनको टिकट खल्ती एप वा वेबसाइट मार्फत सजिलै खरिद गर्न सक्नेछन् । 

दश वर्ष लामो अन्तरालपछि फेरि एक साथ मञ्चमा आउन लागेका मह जोडीको यस प्रहसनमा किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसकार, शैलेन्द्र शिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायत कलाकारहरू रहेका छन् ।

‘नाता’ , ‘सालिक’ , ‘नेपाल बन्द’, ‘मह दोहोरी’ जस्ता अनेकौँ सदाबहार प्रहसन गरिसेकेको यो अद्भुत जोडीको यस ‘मह जात्रा’ प्रहसन पनि भव्य रहने खल्तीले जनाएको छ । यो अद्वितीय प्रहसनले पुरानै शैलीमा समसामयिक विषय उठाउँदै हास्यव्यङ्ग्य रसको प्रयोग गरी सामाजिक, सांस्कृतिक र राजनीतिक सचेतना फैलाउने विश्वास गरिएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले निरन्तर पाँच दशक देखि हँसाउँदै र व्यङ्ग गर्दै समाजमा कला र सचेतनामा महत्त्वपूर्ण भूमिका खेल्नुभएका मह जोडीको प्रहसनको टिकट खल्ती प्रयोगकर्ताहरूले घरै बसी बिना कुनै झन्झट, सहज ढङ्गले टिकट खरिद गर्न सक्ने बताए । 
 

डिजिटल पेमेन्ट

साना डिजिटल कारोबार नि:शुल्क गर्ने विषयमा छलफल गर्दै छुः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने विषयमा छलफल गर्न थालेको बताएका छन् । 

सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्ड सुरू, १४ लाख बढी फोनपे मर्चेन्टमा भुक्तानी गर्न सकिने

सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड …

होटल, रेष्टुरेन्ट, बारमा डिजिटल भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता पाइने

होटल, रेष्टुरेन्ट, बार, लज, गेष्टहाउसमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता हुने…

ईसेवाले ल्यायो एआई भर्चुअल असिस्टेन्ट, समस्या समाधान गर्नेदेखि कारोबारसम्म गर्न सघाउने

डिजिटल वालेट इसेवाले नेपालमै पहिलो पटक पेमेन्ट फिचर इनेबलसहित एआई भर्चुअल असिस्टेन्ट ल्याएको छ । 

ग्राहक सेवालाई मद्दत गर्न र प्रयोगकर्तालाई …

नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई बुद्ध एयरमा छुट

नेपाल एसबिआई बैंक र बुद्ध एयरबिच टिकटमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बै…

व्यवसायिक खाता र व्यक्तिगत खाताको लागि अब इसेवा एप प्रयोग गरे पुग्ने

अब इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यवसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्ने भएका छन् । 

ईसेवाले सुरू गर्‍यो इजी लोन, अब क्षण भरमै बिना धितो २ लाखसम्म कर्जा पाइने

नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण …

मोरू डिजिटल वालेटको संचालकमा ऋषिराम अधिकारी नियुक्त, छिट्टै आईपीओ ल्याउने तयारी

मोरु डिजिटल वालेटको संचालकमा ऋषिराम अधिकारी नियुक्त भएका छन् । पे नेप प्रालिले संचालन गर्दै आइरहेको मोरु डिजिटल वालेटको&nbs…

प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पुरा गर्ने पहिलो डिजिटल वालेट बन्यो इसेवा

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको मोबाइल एप गुगल प्ले स्टोरमा १ करोड (१० मिलियन) भन्दा बढी डाउनलोड पूरा भएको छ । य…

आईएमई पेले पायो सुरक्षित वालेटको प्रमाणपत्र

डिजिटल वालेट आईएमई पेले सिसा पिसिआई डीएसएस ४.०  प्रमाणीकरण प्राप्त गरेको छ । यो प्रमाणीकरणबाट आइएमई पे नेपालकै पहिलो प…

गूगल प्ले स्टोरबाट ईसेवा एप कसरी गायब भयो ? यस्तो छ कारण

विगत केही वर्षयता गुगलले प्रयोगकर्ताहरूको सुरक्षा र अनुभवमा सुधार ल्याउनको लागि नयाँ नीति जारी गरेको छ । उक्त नीति अनुरूप डेभ…

व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न इसेवाको अनुरोध

डिजिटल वालेट इसेवाले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्न प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

तेस्रो संस्करणको खल्तीको द बिगेस्ट पेमेन्ट जात्रा सम्पन्न, १० लाख भन्दा बढी सहभागी

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले आफ्नो करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो स…

फोनपे डाइरेक्टबाट पैसा तिर्दा आईफोन १५ जित्न सकिने

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपेले नयाँ अभियान ‘फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ’ को घोषणा ग…

फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, अब अनलाइनबाटै सापटी भुक्तानी गर्न सकिने

फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच एपीआई आधारित होस्ट-टु-होस्ट (H2H) भुक्तानीको सुविधा प्रदान गर्न साझेदारी भए…