डिजिटल पेमेन्ट
इसेवा महाउत्सव बम्पर उपहार विजेता घोषणा, रवि बम्जनले जिते नामी कार
इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा गरेको छ । फेसबुकमार्फत लाइभ लक्की ड्रमा मकवानपुर निवासी रवि बम्जनले नामीको इलेक्ट्रिक कार जित्न सफल भएका छन् ।
गत असोज १ देखि कार्तिक ३० गतेसम्म चलेको इसेवा महा–उत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
यस महा–उत्सवमा दैनिक फ्ल्यास सेल, रील प्रतियोगिता देखि ६५ इन्चको टिभी, आईफोन १६, आईफोन १६ प्रो जस्ता मेगा उपहारहरुका साथै बम्परमा नामीको इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश थियो ।
इसेवा महा–उत्सवमा सहभागी भई नामी कार जित्नका लागि इसेवामार्फत आश्विन १ देखि कार्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो भने यसैगरी, १०० रूपैयाँको खेल खेल्ने प्रयोगकर्ताहरूलाई आईफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्न मौका थियो ।
इसेवा महाउत्सवको अधिकांश विजेताहरूको घोषणा इसेवाको फेसबुक पेजमा फेसबुक लाइभमार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरु पनि फेसबुक लाइभ मार्फत नै चयन गरिनेछ ।
सरोज कुमार पाण्डे र अविन गुरू अचार्यले १०० रूपैयाँको खेलमा आइफोन १६ जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रूपैयाँ हात पारेका थिए ।
नामी कार जित्न सफल विजेता रवि बम्जनलाई बधाई दिदै इसेवाका प्रमुख रणनीतिक अधिकारी रवि शाक्यले इसेवा महा–उत्सवमा प्रयोगकर्ताहरुको संलग्नता र साझेदारहरुको प्रतिक्रिया अत्याधिक उत्साहजनक रहेकोले थप उर्जा प्रदान गरेको बताए ।
‘इसेवाको मूल लक्ष्य भनेको नेपाली समाजमा रहेको वित्तीय समस्या र चुनौतीहरूको समाधान गर्नु हो र यसका लागि हामी सधैं नवप्रवर्तनहरूमा काम गर्दै जानेछौं,’ उनले भने, ‘साथै प्रत्येक नेपालीलाई आफ्नो वित्तीय आवश्यकता पुरा गर्न डिजिटल समाधानको माध्यमबाट प्रोत्साहित गर्न थप प्रेरित गर्न लागि रहनेछौँ । इसेवाको साथ हामी सबै मिलेर एक उज्जवल र सुरक्षित वित्तीय भविष्यतर्फ अघि बढिरहेका छौं, जसले हाम्रो जीवनलाई थप सहज र समृद्ध बनाउनेछ ।’
डिजिटल पेमेन्ट
आईपीओ ल्याउने तयारीमा मोरू डिजिटल वालेट
नेपालमा डिजिटल भुक्तानीको ब्रान्ड मोरू डिजिटल वालेटले आफ्नो शेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी थालेको छ। फिनटेक क्षेत्रमा …
आईएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
डिजिटल वालेट आइएमई पेले 'बैंक लिङ्क गरौँ, मोबाईल जितौँ' नामक योजना सार्वजनिक गरेको छ।
आईएमई पेबाटै आईईएलटीएस परीक्षाको शुल्क तिर्न सकिने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।&…
नेपालपे क्यूआर र अलिपे प्लसबीच क्रस बोर्डर भुक्तानी सम्झौता
नेपालपे क्यूआर र अलिपे प्लस बीच क्रस–बोर्डर भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सिंगापुर फिनटेक फेस्टिभल २०२४ मा नेपाल…
दशैँ र तिहारमा दैनिक ३० पटकसम्म डिजिटल वालेटमा पैसा जम्मा गर्न सकिने
नेपाल राष्ट्र बैंकले दशैँ, तिहार र छठ पर्वका लागि डिजिटल वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको छ । राष्ट्र बैंकको भुक्तानी प्…
जुबिन नौटियालको च्यारिटी कन्सर्ट हुँदै, खल्तीबाट टिकट काट्न सकिने
खल्तीले ‘जुबिन नौटियाल लाइभ ईन नेपाल’ च्यारिटी कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकटिङ खुल्ला गरेको छ ।<…
साङ्गीतिक रियालिटी शो सारेगमप लिल च्याम्प्स २ को भोटिङ पार्टनरमा खल्ती
सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर खल्ती बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफू…
नमस्ते पेको अध्यक्षमा रीना डंगोल नियुक्त
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त हुनु भएकी छन् । २०८१ भदौ ३० गते बसेको बोर्ड बैठकले नमस्ते प…
सिटी वालेटको विशेष अफर, ७०० रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्ने अवसर
सिटी वालेटले दसैँ, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । नेपालको सबैभन्दा कान्छो वालेट कम्पनीको रूपमा …
नमस्ते पेमा क्यासब्याकको लहरः उडान टिकटमा १०० रूपैयाँ, अन्य सेवामा पनि आकर्षक क्यासब्याक
आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । …
मह जोडीको ‘मह जात्रा’ प्रहसन, खल्तीबाटै टिकट बुकिङ गर्न सकिने
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सुश्री मिडियासँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक…
नेपाल पे इन्स्ट्यान्टबाट निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने
नेपाल पे इन्स्ट्यान्टबाट हुने फन्ड ट्रान्स्फर निःशुल्क गर्न सकिने भएको छ । नेपालीहरूको महान चाड देशैंका साथै डिजिटल कार…
मोबाइल बैंकिङबाट हवाई टिकट काट्दा निःशुल्क हवाई टिकटदेखि स्मार्टवाचसम्म जित्ने मौका
नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । दशैं र तिहार चाँडै नजिकिँदै…
मनकामना दर्शन गर्न गर्न आउने भारतीय पर्यटकले क्युआर स्क्यान गरेर शुल्क तिर्न सक्ने
महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रा.लिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न म…
साना डिजिटल कारोबार नि:शुल्क गर्ने विषयमा छलफल गर्दै छुः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने विषयमा छलफल गर्न थालेको बताएका छन् ।