कीवर्डहरू -

डिजिटल पेमेन्ट

इसेवाबाटै अब व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने

नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नयाँ सुविधा ‘इसेवा बिजनेस लिंक’ सार्वजनिक गरेको छ।

यस सुविधा अन्तर्गत अब प्रयोगकर्ताले व्यक्तिगत र व्यावसायिक दुवै खाताहरू एउटै इसेवा एपमार्फत सजिलै व्यवस्थापन गर्न सक्नेछन्। यसमा स्विफ्ट अकाउन्ट स्विच फिचरसमेत समावेश गरिएको छ, जसले खाता स्विच गर्ने प्रक्रियालाई सहज बनाएको इसेवाले जनाएको छ । 

इसेवाले  यो नयाँ सेवा व्यवसायी र व्यापारीहरूको वित्तीय कारोबारलाई अझ सरल र व्यवस्थित बनाउन उद्देश्य राखेको सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। आधुनिक समयमा धेरैवटा वित्तीय खाता व्यवस्थापन गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै यो सुविधा एकै एपमार्फत सबै कारोबारको सहज व्यवस्थापन सुनिश्चित गर्ने प्रयास भएको कम्पनीले जनाएको छ।

नयाँ प्रणालीले विभिन्न खातामा बारम्बार लगइन गर्ने वा फरक–फरक एप प्रयोग गर्नुपर्ने झन्झट अन्त्य गर्नेछ। यसमार्फत तत्काल खाता स्विच, सहज नगद व्यवस्थापन, बिना शुल्क तत्काल विड्रल जस्ता सेवाहरू उपलब्ध हुनेछन्।

साथै, दैनिक कारोबारको हिसाब–किताब राख्न सहयोग पुग्ने र बिजनेस क्युआर भुक्तानी प्रक्रियालाई अझ सरल बनाउने कम्पनीको दाबी छ। इसेवा बिजनेस लिंक सुविधा डिजिटल भुक्तानी क्षेत्रमा नयाँ आयाम स्थापित गर्ने अपेक्षा गरिएको कम्पनीको भनाइ छ । 

डिजिटल पेमेन्ट

डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज

डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज …

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गरेको छ । नेपालको इतिहासमै दुई ठू…

डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज

सरकारले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ ।

सं…

नबिल बैंकको मोबाइल बैंकिङबाट अब हाम्रो पेमा रकम लोड गर्न सकिने

नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैंकिङ सेवा प्रदायक नबिल बैंक ब…

करोडौँको अफर रहेको खल्तीको बिगेस्ट पेमेन्ट जात्रा सुरू, स्मार्टफोनदेखि भेस्पासम्म जित्ने मौका

‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु गरेको छ । यस संस्करणमा खल्तीले जात्रा ब्या…

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरू

ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरु…

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति, साउनदेखि एकीकृत कारोबार

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति …

इसेवा बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा १ लाख रुपैयाँ जित्ने अवसर

इसेवाले 'झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस' अफर सार्वजनिक गरेको छ । डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुलभ बनाउन …

मास्टरकार्ड प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र  मास्टरकार्डबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी अन्तर्राष्ट्रिय पर्य…

कर्पोरेट पेमा २० हजार भन्दा बढी संस्थाहरु आबद्ध

व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पेमा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिज…

एनसेल नेपाल सुपर लिगको टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे

देशको पहिलो र एकमात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग, एनसेल नेपाल सुपर लिग (एनएसएल) आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती…

भिसा कार्ड प्रयोगकर्ताले अब फोनपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने, अन्तर्राष्ट्रिय पर्यटकलाई सहज हुने

अब भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । भिसाले फोनपेसँगको सहक…

भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्य रूपमा पब्लिक कम्पनी हुनुपर्ने, कति छ समयसीमा ?

भुक्तानी प्रणाली सञ्चालक संस्था अब अनिवार्य रुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हुनुपर्ने छ । नेपाल राष्ट्र बैंकले भुक्त…

खल्तीको आठौं वार्षिकोत्सव, ८ रूपैयाँमै कफी, स्वास्थ्य बीमादेखि फ्लाइट टिकेटसम्मको अफर

नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ८ औँ वर्ष पूरा गरेको छ । २०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविध…

१७औं वर्षमा प्रवेश गर्‍यो डिजिटल वालेट इसेवा

नेपालको पहिलो डिजिटल वालेट इसेवा १६ वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २०…